पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगियो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिएको छ । खनाललाई आज दिउँसो दिल्ली लागिएको हो । खनालको सचिवालयका अनुसार उहाँको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । जेठ ३१ गते स्वास्थ्यमा अचानक समस्या आएपछि नेता खनाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उच्च ज्वरो र रगतमा हेमोग्लोबिनको […]

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । खनालको सचिवालयले जनाए अनुसार उपचारको लागि आज नयाँदिल्ली लगिन लागिएको हो । उहाँको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने सचिवालयले जनाएको छ । ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उहाँलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा […]

नेपालमा ८८ प्रतिशत कोरोना संक्रमित निको

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या छ लाख १२ हजार २०२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ४० हजार ४३९ जना पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट निको दर ८८ दशमलव ३ प्रतिशत रहेको छ । यस्तै नेपालमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२ […]

सिन्धुपाल्चोकमा बाढी पहिरो वितण्डाः ७ जनाको मृत्यु, उद्धार कार्य जारी

काठमाडौँ । सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको बाढी र पहिरोका कारण हालसम्म सात जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । बाढी र पहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी छ । बेपत्ता हुनेहरुको विवरण फरक÷फरक आइरहेका छन् । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति […]

मुगु जिल्ला अस्पताललाई एनआरएनए अफ्रिकाको १० थान अक्सिजन सिलिन्डर सहयोग

मुगु । एनआरएनए अफ्रिकाले मुगुको जिल्ला अस्पताल गमगढीलाई सत्तरी लिटरका दस थान अक्सिजन सिलिन्डर सहयोग प्रदान गरेको छ । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत दुर्गम मुगुका लागि भैरहवाबाट पठाएका सिलिन्डर तीनवटा गाडी फेर्दै सातौ दिनमा मुगु जिल्ला अस्पतालमा पुगेका छन् । आजै नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्लले मुगु जिल्ला […]

लुुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट

बुटवल । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोडको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मंगलबार ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको हो । चालूतर्फ १४ अर्ब ९३ करोड र पूँजीगततर्फ २१ अर्ब १७ करोड विनियोजन गरिएको छ । चालु वर्षमा ३७ अर्ब […]

प्रदेश नम्बर २ को बजेट ३३ अर्ब ७९ करोड

काठमाडौं । प्रदेश नम्बर २ ले आगामी आर्थिक वर्ष २०७८/७९ का ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार प्रदेश नम्बर २ का आर्थिक मामिला तया योजना मन्त्री बिजय कुमार यादवले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु भएको हो । विनियोजित बजेटमध्ये चालुगततर्फ २४.२६ […]