सुदूरपश्चिम प्रदेशको बजेट ३० अर्ब ३३ करोड ९४ लाख विनियोजन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्नु भएको हो । सरकारले चालूतर्फ १० अर्ब ६६ करोड नौ लाख, पूँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ४२ हजार, अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ […]

बाग्मती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोड बराबरको बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८र७९ का लागि बागमती प्रदेशले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।  बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश कुमार ढुंगेलले मंगलबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट पेश गर्नु भएको हो । बागमती प्रदेशले चालुगततर्फ २६ अर्ब १ […]

गण्डकी प्रदेश सरकारले ल्यायो ३० अर्ब ३ करोड ९४ लाखको बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि सो बजेट सार्वजनिक गर्नु भएको हो । प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ […]

प्रदेश १: ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट सार्वजनिक

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनीक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख बजेट सार्वजनीक गर्नु भएको हो । मंगलबार प्रदेशसभामा पेस […]

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रम छलफलका लागि सोमबार प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रतिपक्ष सांसदहरुले पहिलेका नीति […]

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा सवारी चाप बढ्यो

कठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएसँगै सडकमा सवारी चाप बढेको छ । उपत्यकाका तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहित जेठ ३० मा बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ […]

एक करोड २० लाख डोज खोप खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले खोप खरिदको निर्णय गरेर त्यससम्बन्धी अन्तिम निर्णयको लागि मन्त्रिपरिषद् लगेको हो । मन्त्रालयले २० प्रतिशत अर्थात ६० लाख नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेको जनाएको छ । सरकारले चिनियाँ भेरोसेल खोप खरिद […]