उपत्यकामा निषेधाज्ञा थप्ने बारे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप गर्ने बारे काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले बस्दै छ । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने बारे निर्णय गर्ने छ । जारी निषेधाज्ञा सातदेखि १० दिनसम्म थप गर्ने निष्कर्षमा पुगेको जानकारी दिइएको छ । भोलि राती सोमबारबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले […]

मेलम्ची सुरुङको असार १ गतेबाट निरीक्षण थालिने

काठमाडौँ । मेलम्ची सुरुङको निरीक्षण थालिने भएको छ । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएको हो । सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिने भएको हो । सुरुङमा पानी सुकाएपछि विज्ञहरूले सुरुङको निरीक्षण र परीक्षण गर्नेछन् । विज्ञहरूको निरीक्षण प्रतिवेदनका आधारमा थप काम गर्नुपर्ने […]

मनसुन देशभर फैलने क्रममा, केही दिन भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । […]

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ५ जना मन्त्रीले लिए सपथ

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित अन्य ४ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् ।नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाउनु भएको हो । मुख्यमन्त्री पोखरेलले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको हो। शपथ लिनेमा मुख्यमन्त्री नेपाली, […]

दीर्घकालीन असर गर्ने निर्णय नगर्न सरकारलाई पाँच पूर्वप्रधानमन्त्रीको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीहरूले सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै सरकार कामचलाउ स्थितिमा रहेको भन्दै दीर्घकालीन असर गर्ने निर्णय नगर्न चेतावनी दिएका हुन । साथै यस्ता गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा […]

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण, ६१ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख […]

को हुन् गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेल ?

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नेपालीलाई नेपालको संविधानको धारा १६८(५) बमोजिम प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको हो । पोखरेलले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बन्न सफल हुनु भएको हो […]