गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । पोखरेलले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बन्न सफल हुनु भयो । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत […]

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्। नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुखको निवासमा धर्नामा बसेका हुन्। मुख्य मन्त्रीको निवास अगाडि पुग्नेमा नेपाली कांग्रेसका १३ जना, माओवादी […]

एमालेले भन्यो- वैद्यको अभिव्यक्ति आपराधिक

काठमाडौं । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा दिएको अभिब्यक्तीको नेकपा एमालेले घोर भत्र्सना गरेको छ ।एमालेले वैद्यको अभिब्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको जनाएको हो । वैद्यको अभिव्यक्तिको भर्त्सना गर्दै एमालेले यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय भएको पनि ध्यानाकर्षण गराएको हो । प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा […]

वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसले प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री केपी ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफैँ बन्न तयार हुने अभिव्यक्ति दिनु भएको थियो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले […]

वैद्यलाई तत्काल प्रदेश सभाबाट निलम्बन गरी ज्यान मुद्धामा कारवाही गर्न पोखरेलको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैधलाई पक्राउ गरी मुद्दा चलाउन माग गर्नु भएको छ । बागमती प्रदेशका एमाले अध्यक्ष आनन्द पोखरेलले एक विज्ञप्तिमार्फत् बैधलाई तत्काल प्रदेश सभाबाट निलम्बन गरी कारबाही गर्न माग गर्नु भएको हो । पोखरेलले भन्नुभएको छ, ‘यो विषय […]

नेपालमा यस वर्षको मनसुन सुरु

काठमाडौँ । नेपालमा यस वर्षको मनसुन (वर्षा याम) सुरु भएको छ । नेपालको पूर्वी भागबाट भित्रिएको मनसुन यतिबेला मध्य क्षेत्रसम्म फैलिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा अनुसार बङ्गालको खाडी आसपास विकास भएको न्यून चापीय क्षेत्रका कारण नेपालमा मनसुन भित्रिएको हो । यस वर्ष प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा एकै पटक वर्षा हुन थालेको छ । […]

नेपालमा थप ३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १८२ जनामा गरिएको परीक्षणमा उक्त संख्यमा संक्रमित थपिएका हुन्। ९ हजार ५९८ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने ५ हजार ५८४ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो। पीसीआरबाट २ हजार ७०९ र एन्टीजेनबाट […]