गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, पाएनन् विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त हुनु भएको छ । बिहीबार प्रदेशसभामा गुरुङले पेश गरेको विश्वासको मतको प्रस्तावलाई बहुमतले अस्वीकृत गरिदिएपछि पदमुक्त हुनु भएको हो । प्रदेशसभामा उपस्थिति ५८ मध्ये गुरुङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० […]

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश जारी गरेको हो । संसदबाटै विधेयक पारित भई ऐनबाटै हुनुपर्ने भन्दै सरकारले हालै जारी गरेको अध्यादेश कार्यान्वयनमा रोक लगाएको हो । सर्वोच्चले संघीय संसदबाट यदि […]

पद प्राप्ति मेरो लागि ठूलो कुरा होइन: महेश बस्नेत

भक्तपुर । नेकपा एमालेका नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले आफ्नो लागि पद प्राप्ति ठूलो कुरा नभएको बताउनु भएको छ । सांसद बस्नेतले आफ्नो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो विषय नभएको बताउनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने ब्यापक चर्चा चले पनि आज विस्तार गरिएको मन्त्रिपरिषद्मा नपरेका सांसद बस्नेतलाई जोडेर […]

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, कसले पाए कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । प्रधानमन्त्री ओलीले एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्रीसहित जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाउनु भएको हो । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । अब २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री बनेका छन् […]

बादल पत्नी नैनकला सञ्चारमन्त्री

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्न लाग्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वादलपत्नी थापालाई सञ्चारलाई सञ्चार मन्त्री बनाउन लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । आज अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ । एमाले […]

माधव नेपाल समूहका गणेश पहाडी सामान्य प्रशासन मन्त्री

काठमाडौं । एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समुह छोडेर गणेश पहाडी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुन लाग्नु भएको छ । सिन्धुलीका पहाडी नेपाल समूह छोडेर अध्यक्ष ओली नेतृत्वको सरकारमा सहभागि हुन लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले पहाडीलाई समेटेर बिहीबार मन्त्रिपरिषद विस्तार गर्दै हुनुहुन्छ । विस्तारित मन्त्रिपरिषदमा ओलीले पहाडीलाई सामान्य […]

विश्वासको मत प्राप्त नगरे प्रदेशसभा विघटन हुन सक्ने मुख्यमन्त्री गुरुङको संकेत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूले विश्वासको मत प्राप्त नगरे प्रदेशसभा विघटन हुन सक्ने संकेत दिनु भएको छ । आज प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त नभए प्रदेश सभा विघटन हुने संकेत गर्नु भएको हो । उहाँले प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको र आफ्नो […]