मन्त्रिपरिषदले पूर्णता पाउँदै, गृहमन्त्रीमा खगराज अधिकारी, अरु को–को बने मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदलाई पूर्णता दिनु हुने भएको छ । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिन लाग्नु भएको हो । यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नु भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउन लाग्नु भएको छ । आज […]

विदेशमा विचल्लीमा परेका नेपालीलाई तत्काल उद्धार नगरे स्थिति भयावह हुने (भिडियो रिपोर्ट)

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुलाई तत्काल उद्धार नगरे स्थिति भयावह हुने चेतावनी दिनु भएको छ । सरकारले विदेशमा रहेका नेपालीको समस्यालाई खासै वास्था नगरेकोमा आक्रोश पोख्दै तत्काल उद्धार नगरे स्थिति भयावह हुने चेतावनी दिनु भएको हो । अध्यक्ष पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुको उद्धारको लागि नेपाल सरकारले […]

एनआरएनए हङकङले पहिलो चरणमा पठायो ५० वटा अक्सिजन कन्सन्ट्रेटर

हङकङ । गैर आवासीय नेपाली संघ हङकङले पहिलो चरणमा ५० वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको छ । एनआएनए हङकङले सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने उद्देश्य राखेकोमा पहिलो चरणमा ५० वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको हो । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’अभियान अन्तर्गत हङकङबासी नेपाली समुदायबाट ३ लाख ३ हज़ार ३० हङकङ डलर अर्थात […]

कांग्रेस महाधिवेशन भाद्र महिना भित्र सम्पन्न हुन्छ, भ्रममा नपरौं: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टीको महाधिवेशन हुँदैन भनेर कसैले अभिव्यक्ति नदिन आग्रह गर्नु भएको छ ।सभापती देउवाले प्रेस बक्तव्य जारी गर्दै महाधिवेशनको कुरालाई लिएर विभिन्न अभिव्यक्तिहरु नेताहरुबाट सुन्दै आएको भन्दै त्यस्तो अभिव्यक्ति किमार्थ उचित नहुने बताउनुभएको छ । महाधिवेशन हुँदैन भनेर कसैले भ्रममा पार्न र कोही भ्रममा नपर्न पनि उहाँले आग्रह गर्नु […]

एनआरएनए क्यानडाले पठाएको ७५ वटा अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण

काठमाडौं । गैर आवासीय नेपाली संघ क्यानडाले पठाएको ७५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । गैर आवासीय नेपाली संघ क्यानडाले ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत नेपाली समुदायका सस्थाहरु, ब्यवसायीहरु, सामाजिक अभियान्ताहरुको सहयोगमा संकलन गरि खरिद गरिएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर […]

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार […]

एमालेको नेपाल पक्षका सांसदको मतले सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद जोगियो

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनु भएको छ । भट्टले ३० मत प्राप्त गर्दै पुन: मुख्यमन्त्रीको जिम्मेवारी पाउनु भएको हो । भट्टको विपक्षमा ९ मत खस्यो । ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए । ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ […]