काठमाडौँ । नेपाल आयल निगमले शनिबार पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ । शनिबार राति १२ बजेपछि लागू हुने गरी सो मूल्य समायोजन गरिएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पर्नेछ । […]
काठमाडौं । नयाँ पार्टी नेपालले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरेको छ । नयाँ पार्टी, नेपालले शनिबार एक बिज्ञप्ति जारी गर्दै महतोको अभिब्यक्तीप्रति गम्भिर आपत्ति जनाउँदै देश निकाला गर्न माग गरेको हो । “महतोलाई २४ घन्टाभित्र उपप्रधान एवम् सहरी विकासमन्त्रीबाट निलम्बन गरी निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानबिन गरी […]
काठमाडौं। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको निर्वाचन धमाधम शुरु हुन थालेको छ । विश्वभरि ८० भन्दा बढी राष्ट्रिय समन्वय परिषद् रहेको एनआरएनएको निर्वाचन धमाधम शूरु हुन थालेको हो । हालसम्म मध्यपूर्वको ओमान र एनआरएनए अमेरिकाले निर्वाचन सम्पन्न गरिसकेका छन् । ओमानमा विकल झा र अमेरिकामा बुद्धि सागर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेको […]
काठमाडौं । निवर्तमान सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आफ्नो कार्यकालमा विवाद रहित कार्यसम्पादन गर्नु पाउनुलाई आफूले उपलब्धीका रुपमा लिएको बताउनु भएको छ । आफ्नो कार्यकाल विवाद रहित इमानदारीपूर्वक सम्पन्न गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भएको हो । ‘१९ महिने मन्त्रीको कार्यकालमा कुनै पनि पक्षले नकारात्मक टिप्पणी, आलोचना गर्ने मौकाको अवसर नदिई पार्टीे, प्रधानमन्त्री, […]
काठमाडौं । चीनबाट १५ करोड हाराहारीको स्वास्थ्य सामाग्री लिएर नेपाल एअरलायन्स काठमाडौं उडेको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषसहितको विभिन्न राष्ट्रीय समन्वय परिषद तथा विभिन्न संघ संस्थाहरुले खरिद गरेको स्वास्थ्य सामाग्री लिएर नेपाल एअरलायन्स काठमाडौं उडेको हो । एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेले १४०५ थान अक्सिजन कन्सल्ट्रेटर, २० हजार ८० टेस्ट किट्स, […]
काठमाडौँ । नेकपा एमाले झलनाथ खनाल– माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ । शनिबार मध्यान्ह १२ बजे भर्चुअल मिटिङले विहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने बताइएको छ । विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने […]