काठमाडौँ । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्याँसमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा […]
काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त हुनु भएको छ । मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । कानुन व्यवसायी समेत रहनु भएको बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरिसक्नु भएको छ । बस्नेत हाल खुला नेपालको प्रधान सम्पादक हुनुहुन्छ ।
कोपनहेगन । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद डेनमार्कले नयाँ सदस्यता खुला गरेको छ । एनसिसी डेनमार्कले नयाँ सदस्यता खुला गरेको हो । नयाँ सदस्यता खुला गदै डेनमार्कबासी नेपालीहरुलाई सदस्यता लिन आह्रवान समेत गरेको छ । एनआरएनए डेनमार्कका अध्यक्ष रविन्द्र खडकाले नयाँ सदस्यता खुला गर्दै सदस्यता नवीकरण गर्न आह्रवान गरिएको जानकारी दिनु भयो […]
टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका उम्मेदवार रहनु भएको डा. अर्जुन बञ्जाडेले पदमा पुग्नका लागि जति पनि लगानी गर्ने गलत प्रवृत्ति मौलाएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ । निर्वाचनमा पराजीत भएपछि प्रतिक्रिया दिनुहुँदै डा. बञ्जाडेले चुनावमा विकृति मौलाएकोमा चिन्ता ब्यक्त गर्नु भएको हो । निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको डा. बञ्जाडेले […]
ब्रिसबेन । ग्लोबल मार्क एजुकेशनले एआईबिटि ग्लोबलको इमर्जिङ्ग बिजनेस पार्टनर अवार्ड प्राप्त गरेको छ । मनोनयनमा परेका बाँकी सात प्रतिस्पर्धीलाई पछि पार्दै ग्लोबल मार्कले अवार्ड हात पारेको हो । ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजले आफ्नो सेवा शुरु गरेको छोटो समयमा नै विद्यार्थी, अभिभावक मात्र नभई अष्ट्रेलियाका शैक्षिक संस्थाहरुको पनि विश्वास कमाइरहेको छ । अवार्ड […]
क्यानडा । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले आगामी जुन १० तारिखसम्म पञ्जीकृत सदस्यता बन्न सकिने गरि समयसीमा तोकेको छ । एनआरएनए क्यानडाले मेम्बरसिप प्रकिया अलि झन्झटिलो भएको, समय अलि बढी लाग्ने र अपडेटको कारणले कोडहरु आउन ढिलो हुने भएकाले जुन १० तारिखसम्म लम्ब्याएको हो । सदस्यता संख्या ४००० भन्दा माथि पुर्याउने लक्ष्य अनुसार गैर […]
काठमाडौँ । उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अब जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने छ । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा […]