काठमाडौँ । चीन सरकारले उपलब्ध गराएको भेरोसेलको खोप जेठ २५ बाट लगाउन थालिने भएको छ ।खोप ६० देखि ६४ वर्ष उमेर समुहलाई प्रदान गरिने भएको हो । स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । चीनसँग सीमाना जोडिएका जिल्लाहरुको हकमा भने खोप मौज्दात रहे १८ वर्ष माथिका लाई पनि दिइने निर्णय भएको […]
टेक्सस । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले नयाँ नेतृत्वले अमेरिकामा रहेको नेपाली समुदायलाई अझ सशक्त बनाउने बताउनु भयो । निर्वाचनले अमेरिकाबासी नेपालीहरुमा आपसी सम्बन्ध विस्तारमा ठूलो योगदान पुर्याएको बताउनु हुँदै उहाँले नयाँ नेतृत्वले नेपाली समुदायलाई अझ सशक्त बनाउन उल्लेखनीय योगदान पुर्याउने विश्वास समेत व्यक्त गर्नु भएको हो । […]
काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार दिउँसो निधन भएको हो । अस्पतालले जारी गरेको विज्ञप्तीअनुसार उहाँको निधन दिउँसो ४ बजेर २५ मिनेटमा भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (इक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित हुनु भएका थापाको रिपोर्ट […]
काठमाडौं । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख डोज आज मंगलबार काठमाडौं आइपुगेको हो । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट उक्त परिमाणको खोप ल्याएको हो । आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप १ लाख डोज खोप काठमाडौं […]
आयरल्याण्ड । गैर आवासीय नेपाली संघ आयरल्याण्डले आइसिसीको कोभिड १९ कोषमा ५००० युरो (लगभग ७ लाख नेपाली रूपियाँ) जम्मा गरेको छ । आइसिसीले खडा गरेको कोभिड कोषमा एनआरएनए आयरल्याण्डले सो रकम सहयोग गरेको हो । एनआरएनए आयरल्याण्डले पठाएको सो रकम अक्सिजन प्लान्ट निर्माण गर्ने कार्यमा उपयोग हुनेछ । एनआरउनए आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालले आयरल्यान्डमा रहनुहुने […]
काठमाडौं । चीनबाट कोरोनाविरुद्धको ९ लाख डोज खोप आज नेपाल आइपुग्दैछ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउन लागेको हो । खोप लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान गए राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । विमानले आज २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइ […]
काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दैछ । सोमबार साँझ प्रधानमन्त्री पार्टी अध्यक्ष ओली र माधवकुमार नेपाल पक्षका केही नेताहरू बीचमा पार्टी एकताका लागि पुनः प्रयास स्वरुप छलफल गरिएको थियो । पार्टीबाट कोही पनि अलग नहोस् भन्ने प्रयास निरन्तर जारी राखीएको बताइएको छ ।