एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचीत हुनु भएको छ । सुवेदीले ५ हजार ६१८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिस्पर्धी कृष्ण लामिछानेले ५ हजार २०० मत पाउनु भयो भने डा अर्जुन बञ्जाडेले ४ हजार १४८ र तिलक केसीले ५६७ मत पाउनु भयो । सुवेदीले […]

प्रधानमन्त्रीको कदमविरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका ‘कदमविरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने’ निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको नेपाल –खनाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको बैठकले कोरोना महामारीबाट बच्दै राजनीतिक तहबाट असंवैधानिक कदमको विरोध […]

संसद विघटनबारे संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार थालिएको सुनुवाइले आज पनि निरन्तरता पाउँदै छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गरी बहस शुरु भएको थियो । शुक्रबारको बहसमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच इजलासमै मतभेद भएपछि सुनुवाइ […]

गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ‘एनआरएन स्मार्ट कार्ड’ वितरण गर्ने घोषणा

काठमाडौं । सरकारले गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ‘एनआरएन स्मार्ट कार्ड’ वितरण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ‘एनआरएन स्मार्ट कार्ड’ वितरण गरिने घोषणा गर्नु भएको हो । त्यस्तै, गैर आवासीय नेपालीहरुको ज्ञान, पूँजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग […]

आगामी आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनीक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनीक गर्नु भएको हो । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हो। चालु आर्थिक वर्षको […]

सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

काठमाडौँ । सरकारी कर्मचारीको तलब २ हजार बढेको छ । यस्तै १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिनु भयो । आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक दुई हजार तलब बढाइनुका साथै महँगी भत्ता यथावत रहेको मन्त्री पौडेलले जानकारी दिनु भयो ।

पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार

काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने भएका छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने घोषणा गर्नु भयो । अर्थमन्त्री पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचारको व्यवस्था गर्ने घोषणा गर्नु भएको हो ।