तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाइने, १ अर्ब ८० करोड बजेट विनियोजन

काठमाडौं । सरकारले तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंको जाम हटाउने लक्ष्यका साथ सुरूङमार्ग बनाउन १ अर्ब ८० करोड बजेट विनियोजन गरिएको जानकारी गराउनु भयो । त्यस्तै, चक्रपथमा पर्ने राजधानीका व्यस्त सातदोबाटो, ग्वार्को र एकान्तकुनामा फ्लाइओभर बनाइने भएको छ । २ वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न २ अर्ब […]

विद्यालय तहका कर्मचारीको न्यूनतम तलब १५ हजार

काठमाडौँ । सरकारले विद्यालय तहको न्यूनतम तलब १५ हजार तोकेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय तहका कर्मचारीलाई सरकाले निर्धारण गरेबमोजिम १५ हजार न्यूनतम मासिक तलब उपलब्ध गराउने बताउनु भयो । अर्थमन्त्री पौडेलले औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पुर्‍याइने […]

पशुपतिनाथ मन्दिरलाई ३५ करोड बजेट विनियोजन

काठमाडौँ– पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक जानकारी दिनु भएको हो ।

काठमाडौं उपत्यकाभित्र एक वर्षमा १ सय विद्युतीय बस सञ्चालन गरिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एक वर्षभित्रमा न्यूनतम १ सयवटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै जानकारी दिनु भएको हो । अर्थमन्त्री पौडेलले साझा यातायातसँगको सहकार्यमा विद्युतीय बस सञ्चालन गरिने बताउनु भयो । त्यस्तै, आगामी आर्थिक वर्षमा विभिन्न स्थानमा निजी क्षेत्रको ५०० वटा चार्जिङ […]

आइसियू, भेन्टिलेटर खरिद गर्न ४ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्नुहुँदै कोरोना उपचारका लागि चाहिने पूर्वाधारका लागि आवश्यक बजेटको प्रबन्ध गरिएको जानकारी गराउनु भयो । अर्थमन्त्री पौडेलले सामुदायिक तथा निजी […]

रासायनिक मलका लागि १२ अर्ब बजेट, तीन वर्ष भित्र नेपालमै कारखाना खोल्ने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ बराबर विनियोजन गरेको छ ।चालु आर्थिक वर्षका लागि सरकारले रासायनिक मलमा अनुदान दिन ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा आगामी आर्थिक वर्षका लागि १ अर्ब रुपैयाँ बजेट बढाइएको हो । त्यस्तै सरकारले आगामी तीनवर्षभित्र नेपालमै रासायनिक मल कारखाना खोल्ने […]

३ लाख २५ हजारलाई रोजगारी सिर्जना गर्न १३ अर्ब ४० करोड रुपैयाँ बजेट

काठमाडौं । सरकारले आगामी वर्ष ३ लाख २५ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । जसको लागि सरकारले १३ अर्ब ४० करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थ मन्त्री बिष्णू पौडेलले सबै नागरिकलाई रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ बजेट छुट्याइएको बताउनु भयो । सरकारी, निजी र गैरसरकारी निकायसँग समन्यव गरी […]