काठमाडौं । सकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ब्याजदर अधिकतम ५ प्रतिशत कायम गरिने जानकारी गराउनु भयो । अर्थमन्त्री पौडेलका अनुसार यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध गराइनेछ ।
काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सो जानकारी गराउनु भएको हो । अर्थमन्त्री पौडेलले गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने बताउनु भयो । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी गराउनु भयो ।
काठमाडौं । सरकारले नेपाल भ्रमण आउने विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क निःशुल्क गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी गराउनु भयो । उहाँले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा निःशुल्क उपलब्ध गराइने बताउनु भयो । सरकारले यसैवर्षदेखि सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन काज विदा […]
काठमाडौं । सरकारले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७८ ७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणु प्रसाद पौडेलले यस्तो घोषणा गर्नु भएको हो । यस्तै सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने पनि […]
काठमाडौं । सरकारले बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्याएको छ । यसअघि ३ हजार रुपैयाँ मासिक भत्ता रहेको छ । सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ७३ अर्ब ८१ करोड रुपैयाँ बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब रुपैयाँ […]
काठमाडौँ । सरकारले बजेटमा नागरिक जीवन रअर्थतन्त्र रुपान्तरण गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई यथाशीघ्र निःशुल्क खोप उपलब्ध गराउने जानकारी गराउनुभयो । यसका लागि विकास गतिविधी अघि बढाउने, निःशुल्क खोपको व्यवस्था, राहात तथा पुनरुत्थान, जागिर गुमाएकालाई रोजगारी र तिब्र औद्योगिकीकरण गर्ने लक्ष्य रहेको छ । निःशुल्क […]
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ । शनिबार मध्यान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ । प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले बजेट सार्वजनिक गर्न लागेको हो । जेठ १५ […]