प्रधानमन्त्री ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार आज प्रधानमन्त्रीको कार्यालय सिंहदरवारबाट राष्ट्रको नाममा समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते केन्द्रीय सरकारको वार्षिक बजेट संसदमा प्रस्तुत गर्ने व्यवस्था छ । तर यस पटक प्रतिनिधिसभा कायम नरहेको […]

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य […]

चीन, कतार र टर्कीमा साताको एक दिन उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । वैशाख १६ गतेदेखि […]

बिहीबार कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ। गत २४ घण्टामा मात्र ६ हजार ९ सय ३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ४, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा […]

पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना संक्रमण, १०६ जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ४१४ जनाको पीसीआर र ५७८ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी, २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएका […]

संसद विघटनविरुद्धका रिट संवैधानिक इजलासमा

काठमाडौँ । संसद विघटनविरुद्ध परेका १९ वटा रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल ईजलासले रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो। बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिनु भएको हो । संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन्।

प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा सुनुवाइ सुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ शुरु भएको हो । विघटन बिरुद्ध परेका १९ वटा रिटमा बिहीबार सुनुवाइ हुन्छ । अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पीआईएल) को अधिकार प्रयोग गरेर दायर गरेका छन् । संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ […]