संसद विघटनविरुद्धका १९ रिटको सुनुवाइ आज

काठमाडौँ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमध्ये १९ वटामा आज सुनुवाइ हुँदै छ । संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका बाँकी ११ रिटको सुनुवाइ हुने शुक्रबार हुने छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि आजदेखि सुनुवाइ सुरु गर्ने भएको हो । […]

चीनद्वारा नेपाललाई तत्काल दश लाख डोज खोप दिने घोषणा

काठमाडौं । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवाद लगत्तै चिनियाँ समकक्षी सी जिनपिङले नेपाललाई खोप दिने घोषणा गर्नुभएको हो । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप खोप दिने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभयो । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले नेपाललाई दिने बताइएको छ […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा संक्रमितभन्दा निको हुनेको संख्या धेरै रहेको छ । थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ७१६ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण […]

एनआरएनएको पहलमा कोरियाले नेपाललाई दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी पठाउँदै

काठमाडौं । गैर आवासीय नेपाली संघ कोरियाको पहलमा कोरिया सरकारले नेपालमा दुई लाख डलर बराबरको स्वास्थ्य सामाग्री पठाउने भएको छ । एनआरएनए कोरियाले यसअघि सरकारसँग सम्बन्धीत विभिन्न नेता तथा अधिकारीसँग भेट गर्दै नेपाललाई सहयोगको लागि आग्रह गरेको थियो । एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले दक्षिण कोरियाका सांसद एवं नेपाल […]

बुद्धजन्मस्थलबारे पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै कतिपय मुलुकका पाठ्यक्रममा बुद्धजन्मस्थलबारे गलत कुरा समावेश गरिएको भए सच्याउनु पर्ने बताउनु भएको छ । गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनुभएको हो । प्रधानमन्त्री ओलीले दुई हजार ५६५आँैं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा […]

सुदूरपश्चिममा वर्तमान सरकारलाई नै निरन्तरता दिने एमालेको निर्णय

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले त्रिलोचन भट्ट नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको छ । आज बिहान बसेको एमाले संसदीय दलको बैठकले माओवादी केन्द्रका नेता भट्ट नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो । हिजो आपसी विवादका कारण बस्न नसकेको बैठक आज बसेको हो । बैठकमा २० जना […]

आज २५६५ औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौँ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइने गरिन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण […]