काठमाडौं उपत्यकाको निषेधाज्ञा फेरि एक साता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले थप एक साता कडा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याइएको हो । अब बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका […]

स्थानीय तहकै सम्झदारीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम सुरु

काठमाडौं। सरकारले स्थानीय तहकै सम्झदारीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तीव्र गतिको इन्टरनेट सेवा देशभर पु¥याउने अभियान अन्तरगत पहिलो चरणमा भूकम्प अतिप्रभावित ८ जिल्लामा सो काममा सुरुवात गरिएको जानकारी दिनु भएको हो । ‘मन्त्रीपरिषद बैठकले निर्णय गरी पहिलो चरणमा काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, […]

एसी शेर्पाद्धारा एनसिसी अमेरिकाको कोभिड-१९ कोषमा ५ हजार डलर सहयोग

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले नेपालका कोभिड प्रभावितलाई सहयोगका लागि खोलेको कोभिड-१९ कोषमा आइसिसी सल्लाहकार एसी शेर्पाले ५ हजार अमेरिकी डलर सहयोग गर्नु भएको छ । अमेरिकाको वासिंटन राज्यस्थित सियाटल शहरको अवैतनिक महावाणिज्य दूत समेत रहनु भएको शेर्पाले एनसिसी अमेरिकाले थालेको अभियानमा ५ हजार अमेरिकी डलर सहयोग गर्नु भएको हो । […]

एनआरएनएले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट निर्माण गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न बैठकले सबै प्रदेशमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गरेको हो । संघका राष्टिय समिति, पदाधिकारीहरु, केन्द्रीय पार्षदहरुको संयुक्त बैठकले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको […]

गंगा अवालको ब्यक्तिगत पहलमा टेकु र भक्तपुर अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग

भक्तपुर। मंगलादेवी स्मृति प्रतिष्ठानकी अध्यक्ष गगादेवी अवालले टेकू र भक्तपुर अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग गर्नु भएको छ । रास्ट्रिय किसान महिला महासंघ केन्द्रीय अध्यक्ष तथा नेपाल प्रजातान्त्रिक महासंघको केन्द्रीय आमन्त्रित सदस्य समेत रहन भएको अवालले अक्सिजन कन्सनट्रेटर सहयोग गर्नु भएको हो । सामाजीक कार्यमा सक्रिय अवालले टेकूमा दुई वटा अक्सिजन कन्सनट्रेटर र गृह जिल्ला भक्तपुरस्थित […]

सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनु भएको छ ।मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो । उहाँले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी पाउनु भएको छ । शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी […]

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । एमालेको आज बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले प्रदेश सरकारमा सहभागि आप्mना मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन समेत दिने निर्णय गरिएको छ । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको […]