बागमती । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाही गर्ने निर्णय गरेको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोप लगाएर प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ […]
काठमाडौं । संसद विघटनविरुद्ध विपक्षी दलहरु अदालत जाने भएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र अन्य नेताहरुले सर्वोच्च अदालत जाने निर्णय गरेका हुन । कांग्रेस सभपाति शेर बहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपका अध्यक्ष उपेन्द्र यादव र राष्टिय […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भएको आरोप लगाउनु भएको छ । देउवाले शनिबार एक बिज्ञप्ति निकाल्दै भन्नु भएको छ, ‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नु पर्ने […]
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय ब्यवस्था असफल भएको दावी गर्नु भएको छ । झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएकाले ब्यवस्था नै असफल भएको दावी गर्नु भएको हो । ‘यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या हो’, […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वान समेत गरेको छ । शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो […]
काठमाडौँ । विपक्षी गठबन्धनको बैठक नयाँ बानेश्वरमा सुरु भएको छ । बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ । बैठकले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट चालिएको कदमको विषयमा आगामी रणनीति बनाइने बताइएको छ ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनु भएको छ । प्रधानमन्त्री र राष्टपतिको कदमबारे पार्टीले आधिकारिक धारणा नबनाएको भएपनि अहिले प्रतिनिधिसभाले संसदको रुपमा काम गर्न नसकिरहेको अवस्थामा र सरकार बनाउन कसैले बहुमत पु¥याउँन नसकिरहेको अवस्थामा निर्वाचन घोषणा स्वभाविक भएको उहाँले बताउनु भयो । […]