भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले आइसोलेसनमा बसेको कोभिडका बिरामीलाई अनावश्यक रुपमा फोन गरिहरनु पनि यातना दिए जस्तै हुने बताउनुभएको छ । कोभिड -१९ अर्थात कोरोना संक्रमण भई होम आइसोलेसनमा बसिररहनु भएको नगर प्रमुख मिश्रले बिरामीलाई फोन गरिरहनु र अनावश्यक चासो राख्नु यातना दिनु जस्तै रहेको आफूले अनुभव गरेको बताउनुभयो । चाँगुनारायण नगरपालिका प्रमुख […]
काठमाडौँ । काठमाडौँमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको दर बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको हो ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको महानगरपालिकाले जनाएको छ । हाल परिक्षणको कामलाई […]
काठमाडौँ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले संक्रमित मतदाताले पनि भोट हाल्न पाउने व्यवस्था गरेको हो । मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने छ । ‘तथापि पोजेटिभ रिपोर्ट भएकालाई पनि मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार कोरोना संक्रमित […]
भक्तपुर । कोभिड -१९ ब्यवस्थापनको लागि भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई ६ करोड ९२ लाखको बजेट स्वीकृत भएको छ । अर्थ मन्त्रालयले भक्तपुरका दुई अस्पताललाई कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६ करोड ९२ लाख बजेट स्वीकृत गरेको हो । भक्तपुरका सांसद महेश बस्नेतले जनतालाई महामारीबाट बचाउनका लागि भक्तपुर अस्पताल […]
काठमाडौं । जनता समावादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते लिएको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग गर्नुभएको छ । संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त ओलीले वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरी ‘त्यो […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेका छन्। आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था आउन नदिन निर्देशन दिनु भएको छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र सीसीएमसीको आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको जीवन रक्षाका लागि हरसंभव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले झन्झटिला प्रक्रिया छोट्याएर कानून […]