दिल्लीमा एक साताका लागि लकडाउन थपियो

काठमाडौं । भारतको दिल्लीमा थप एक साता लकडाउन थपिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जारी लकडाउन एक साताका लागि थप गर्ने घोषणा गरेका हुन् । यसअघि सोमबारसम्मका लागि लकडाउन गरिएको थियो । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै केजरीवालले सर्वसाधारण लकडाउनका कारण दुःखी भएको भएपनि यो समय एकअर्काको सहारा दिने समय भएको बताएका छन् । […]

एमाले विवाद मिलाउन ५–५ जनाको वार्ता टोली बनाइयो

काठमाडौँ । एमाले विवाद मिलाउन ५–५ जनाको वार्ता टोली बनाइएको छ । दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको हो । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनु भएको छ भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी […]

प्रवासी नेपाली एकता मञ्च कान्तो क्षेत्रीय कमिटीको पहिलो भर्चुअल बैठक सम्पन्न (निर्णयसहित)

टोकीयो । प्रवासी नेपाली एकता मञ्च कान्तो क्षेत्रीय कमिटीको पहिलो भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न तेह्र बुँदे निर्णय गरेको छ । कमिटिका अध्यक्ष बुद्धिराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको बैठकमा राष्ट्रिय कमिटिका अध्यक्ष सुरेश केसी प्रमुख अतिथि र सचिव डा. सरोज कडेंल बिशेष अथिथिको रुपमा उपस्थित रहनु भएको थियो । विश्वव्यापी रुपमा फैलिएको […]

एनआरएनए र रोयल थाइ मोनेस्ट्रीको सहयोगमा थाइल्याण्डबाट पठाइयो २४ थान अक्सिजन कन्सन्ट्रेटर

काठमाडौँ । नेपालमा थाइल्याण्डबाट २४ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको छ । रोयल थाइ मोनेस्ट्री लुम्बिनीले १७ वटा र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति थाईल्याण्डले ७ वटा गरी कुल २४ वटा अक्सिजन कन्सट्रेटर नेपाल आएको हो । नेपालबाट ११ यात्रु बोकेर आजै बैंकक गएको श्री एयरलाइन्सको स्पेशल कार्गो विमानले फर्कदा सो सामग्री […]

सूयविनायकमा द्रुत गतिमा ५० शय्याको अस्पताल निर्माण गर्दैछौ: मेयर बासुदेव थापा (अन्तर्वार्ता)

कोरोनाको दोस्रो लहरका कारण देश आक्रान्त बनेको छ । अस्पतालले धान्नै नसक्ने गरि संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । बिरामीले कतै अस्पतालमा बेड पाइरहेका छैनन् भने कतै अक्सिजन नपाएकै कारण अकालमै मृत्युवरण गर्नु पर्ने बाध्यता छ । संघीय संरचनामा अघि बढेको देशमा तीन तहका सरकारहरु रहेका छन् । आफ्ना नागरिक बचाउनका लागि केन्द्रीय, प्रदेश र […]

मध्यपुरथिमि नगरपालिकाले ६५ लाखमा शूरु गर्यो एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन शूरु गरेको छ । प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आइसियू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का बिरामीलाई समेत दिन थालीएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्ने […]

मध्यपूर्वका गैर आवासीय नेपालीहरुले ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाए

काठमाडौं । मध्यपूर्वमा रहेका गैर आवासीय नेपालीहरुले ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएका छन । नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेपछि यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा रकम उठाएर ५६० थान अक्सिजन नेपाल सरकारलाई पठाएका हुन् । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा […]