टेक्सस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीबी पन्थले अमेरिकामा नेपाली समूदायले दिएको सुझाव नै आफ्नो चुनावी एजेण्डा भएको बताउनु भएको छ । अमेरिकाका विभिन्न राज्यमा चुनावी अभियानको क्रममा पन्थले सुझाव संकलन भइरहेको र तिनै सुझावहरु आफ्नो एजेण्डा बनेको बताउनु भयो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् […]
काठमाडौँ । कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको छ । गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत निर्देशन दिएको छ । […]
काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ गर्ने हुनु भएको छ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै फेरि प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले आज दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिने हुनु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति […]
न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले नेपाली भाषा र नेपाली नैतिक ज्ञानमा आ(धारित फाठ्यक्रमको ढाँचा तयार गरेको छ । प्रवासमा रहेका नेपाली मूलका बालबालीकाहरुलाई नेपाली भाषा, संस्कृती, कला, साहित्य एवम् भौगोलिक र ऐतिहासिक ज्ञान सीप उपलव्ध गराउने साझा दायित्वको लागि एनआरएनए, आमेरिकाले नेपाली भाषा र नेपाली नैतिक ज्ञानमा आधारित फाठ्यक्रमको ढाँचा तयार […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । नयाँ प्रधानमन्त्री नियुक्तीसँगै ओली तेस्रो कार्यालयका लागि प्रधानमन्त्री बन्नुभएको हो। नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि दिउँसो २ः ३० मा सपथ लिने कार्यक्रम छ। नेकपा एमाले १२१ सांसदसहित […]
काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैको दावी नपरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गर्दै बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसिमाभित्र कसैको पनि दावी नपरेको जनाएको हो । राष्ट्रपति भण्डारीले बिहीबार राति ९ बजेसम्मको लागि समयसिमा तोक्नु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा […]
काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन नेकपा एमालेले ९ सदस्यीय कार्यदल गठन गरेको छ । ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुवास नेम्वाङ हुनुहुन्छ भने खनाल–नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट हुनुहुन्छ । कार्यदलमा दुई जना पछि थपीने जनाइएको छ । पार्टीभित्रको विवादलाई सुल्झाउन […]