उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । सिफारिसलाई सीसीएमसीमा पठाएर निर्णय गरिनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भुक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने तय भएको छ । उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि […]

एनआरएनए अफ्रिकाबाट नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग

लेगोस, नाइजेरिया । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अफ्रिका क्षेत्रका राष्ट्रिय समन्वय समितीहरुबाट नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग गरिने भएको छ । नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्था सँग समन्वय गरि १२ लाख सहयोग पठाउने निर्णय गरिएको एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले जानकारी दिनुभयो । अफ्रिका क्षेत्रको […]

गैर आवासीय नेपाली संघ हङकङद्धारा अन्तरक्रिया कार्यक्रमको आयोजना

हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले नेपाली समुदायका महत्वपूर्ण विषयमा केन्द्रित भएर अन्तरक्रिया कार्यकमको आयोजना गरेको छ । संघले नेपाली महावाणिज्य दुतावास हङकङ तथा नेपाल वायु सेवा निगम, संघका संरक्षक, सल्लाहकार, पूर्व अध्यक्षहरु, ४५ वटा भन्दा बढी नेपाली संघसंस्था, विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा प्रतिनिधिमूलक अन्तरक्रिया कार्यकमको आयोजना गरेको हो । कार्यक्रममा […]

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा )ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो । प्रदेशसभामा परेको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले उहाँको राजीनामा स्वीकृत समेत गर्नुभएको […]

नेपालमा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ८५० जना संक्रमित पुष्टि भएका हुन्। १८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य […]

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना सङ्क्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी गराउनुभयो । यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उहाँका स्वकीय […]

वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसले अरू अस्पतालहरूको पनि समन्वय गर्ने जनाइएको छ । केही दिनअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको […]