काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसले अरू अस्पतालहरूको पनि समन्वय गर्ने जनाइएको छ । केही दिनअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको […]
भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रको फेसबुकमा शनिबार बिहानै भावुक स्टाटस पोष्ट भयो – राति १२ बजेदेखि लगातार आइसियू खोजी गरियो । धेरै अस्पताल र तीनका हाकिमहरुसँग जीवनको भिख मागियो । केही उपाय लागेन । अन्तत: एक सहृदयी मित्र, समाजसेवीलाई बचाउन सकिएन । हार्दिक श्रद्धाञ्जली नारायण लामिछाने । शोकसंतप्त परिवारजनप्रति गहिरो समवेदना । सुरक्षित रहौं […]
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ४१८ जना संक्रमित पुष्टि भएका हुन्। १७ हजार ३१५ जनाको पिसिआर परीक्षणमा ८ हजार २८७ जनामा पोजिटिभ र ९८९ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य […]
दोलखा । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको हो । शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ । मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको छ […]
लन्डन । प्रवासी नेपाली एकता मञ्च यूरोपको भेलाले नेपालमा कोभिड महामारी बिरुद्ध लड्न ५० लाख रुपैयाँको “कोभिड–१९ च्यालेञ्ज फण्ड” खडा गर्ने घोषणा गरेको छ । कोभिड च्यालेण्ड फण्डबाट नेपालमा अक्सीजन कन्सेन्ट्रटर मेसिन खरिद गर्ने, कोभिड महामारीमा आफ्नो जीवनलाई जोखिममा राखी अनवरत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको सम्मानमा फलफुल तथा खाना वितरण गर्ने र कोभीड–१९ सम्बन्धी जनचेतना […]
काठमाडौं । देशभरि र खासगरी सघन जनघनत्व भएको काठमाडौं उपत्यकामा कोरोनाभाइरसको नयाँ भेरियन्टको सङ्क्रमण तीब्र रुपमा बढिरहेको छ । सङ्क्रमणका गम्भीर लक्षण देखिने व्यक्तिको सङ्ख्या पनि बढिरहेको अवस्थामा उनीहरुलाई अस्पतालमा शय्या उपलब्ध गराउन गाह्रो हुँदै गएको पछिल्लो अवस्थाले देखाएको छ । काठमाडौंमा सरकारी, निजी र मेडिकल कलेज गरी ५८ वटा अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचार […]
न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकारले नेपालमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ लाई मध्नयजर गर्दै कोभिड प्रभावित नेपालीलाई ५० हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनए अमेरिकाको आकस्मीक बैठकले तत्कालका लागि २५ हजार डलर सहयोग गर्ने र आगामी दिनमा आवश्यकता हेरेर सहयोग रकम ५० हजार डलर सम्म पुऱ्याउने निर्णय गरेको […]