टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ खुलाएको सदस्य बन्ने समयसिमा ५ दिन थप गरेको छ । एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्को बैठकले समयसिमा थपेको हो । एनआरएनए जापानको कार्यसमितिको बैठकले यहि अप्रिल २५ मा सकिने सदस्यता आह्वानलाई ५ दिन थप गरि अप्रिल ३० तारिखसम्म बढाएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताउनुभयो । […]
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी नेतृत्वको लागि इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । एनआरएनएसहित सामाजिक संघसंस्थामा पुर्याएको योगदान र बेलायतका नेपाली समुदायका अग्रजको चाहना अनुरुप अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको श्रेष्ठले बताउनु भयो । अहिलेसम्म कही कतै विवादमा नरहनु भएका उम्मेदवार श्रेष्ठले एनआरएनए […]
काठमाडौं । परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साथ साउदी पुगेका भुजेलको जिन्दगीमा […]
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आजबाट पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० […]
काठमाडौं । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक नमूना बस्ती परियोजनाका संयोजक सोनाम लामाले डेढ वर्षदेखिको अथक प्रयासपछि आफूले पाएको जिम्मेवारी सम्पन्न गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभएको छ । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा अलपत्र रहेको लाप्राक नमूना बस्ती सफलतापूर्वक सम्पन्न गर्दै हस्तान्तरण गर्न पाएकोमा संयोजक लामाले खुसी ब्यक्त गर्नुभएको हो […]