एमसीसी सम्झौता अगाडि बढाउन पहल

काठमाडौँ । झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिनुभएको हो । प्रधानमन्त्री ओलीले कार्यव्यवस्था परामर्श समितिमा सरकार प्रतिनिधि कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई कार्यसूचीमा […]

सञ्चारमन्त्री गुरुङद्धारा ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान’ टोलीलाई बिदाई

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हिमआरोही टोलीलाई विदाई गर्नुभएको छ । एकै परिवारका तीन दिदीबहिनी सम्मिलित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान’ टोलीलाई मन्त्रालयद्धारा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर विदाई गर्नुभयो । दोलखास्थित गौरीशंकर गाउँपालिका–९ बेदीङका एउटै परिवारका तीन दिदीबहिनी निमा जाङबु शेर्पा (३० […]

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नयाँ गठबन्धनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्रर जनता समाजवादी पार्टीले बिहीबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । […]

वायु प्रदूषण कायमै, देशका ३७७ स्थानमा डढेलो

काठमाडौँ । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भन्नुभयो, “पहिलेभन्दा थोरै सुधार भएको छ तर स्वस्थकर वायुमा […]

एनआरएनए फ्रान्सको वार्षिक साधारण सभा अप्रिल २५ तारिखमा हुँदै, यस्तो छ कार्यक्रमको तयारी

पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले यही अप्रिल २५ तारिखका दिन बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । यस बर्ष कोभिड १९ को कारण थुप्रै बार्षिक कार्यक्रमहरु थन्किएर बस्नु परेको अवस्थामा केही कार्यक्रमहरु भने भर्चुअल रुपमा पनि सम्पन्न गरिएका थिए। त्यसैगरी थुप्रै कार्यक्रमहरु तोकिएको समय भन्दा ढिलो अर्थात् कार्यक्रमलाई पछि […]

टेकु अस्पतालमा अब कोभिडको मात्र उपचार हुने

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने भएको छ भने अन्य सेवा बन्द हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले आजदेखि कोभिड उपचार सेवामात्र दिने जानकारी दिनुभयो । योसँगै टेकु अस्पतामा अन्य उपचार बन्द हुने उहाँले बताउनुभयो । […]

प्रधानमन्त्री ओलीले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीले नयाँ वर्ष २०७८ को अवसरमा बुधबार बिहान देवबासीको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले बिहान ८ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्वोधनका क्रममा प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामना दिनुका साथै देशको […]