एनआरएनए यूकेको आर्थिक मुद्दा अदालतमा, जवाफ पठाउन १४ दिन म्याद

लन्डन । एनआरएनए यूकेभित्र आर्थिक अनियमितता भएको भन्दै चार उपाध्यक्षले संघविरुद्ध बढाएको कानूनी प्रक्रिया औपचारिक रुपमा अदालत प्रवेश गरेको छ । शुक्रबार चार उपाध्यक्षका वकिलमार्फत एनआरएनए यूके अध्यक्ष पुनम गुरुङलाई डार्टफोर्ड काउन्टी कोर्टमा दर्ता भएको पत्र आइपुगेको पुनमले बताउनुभयो । उहाँले जवाफ पठाउन १४ दिनको म्याद दिइएको जानकारी दिनुभयो । ‘हामी पत्र अनुसार नै जवाफ […]

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको कार्यालय स्थापना

सिड्नी ।  गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले मेलवर्नमा कार्यालय स्थापना गरेको छ । अस्ट्रेलियाका सङ्घीय सांसद पिटर खलिल र एनआरएनएका प्रमुख संरक्षक शेष घलेले एनआरएनए कार्यालयको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटनमा गर्नुहुँदै लेवर पार्टीका सङ्घीय सांसद पिटर खलिलले एनआरएनएको कार्यालय स्थापनाले अस्ट्रेलियाको नेपाली समुदायलाई थप सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै गर्नुभयो । पूर्व […]

११ करोडको लागतमा भक्तपुरमा ‘फन भ्याली’ पुन: सञ्चालन

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका–९ र १० स्थित पलाँसेमा ‘काठमाडौँ फन भ्याली’ सञ्चालनमा आएको छ । पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले फनपार्कले समग्र भक्तपुरको आर्थिक विकासमा टेवा पुर्याउँने विश्वास ब्यक्त गर्नुभयो । फनपार्कले आन्तरिक पर्यटनको विकास गर्छ, नगरपालिकाको राजश्वमा वृद्धि गर्छ र काठमाडौँवासीलाई मनोरञ्जन गर्ने ठाउँको अभावलाई यसले पूर्ति गर्छ भन्ने मैले विश्वास लिएको छु, […]

सिरहामा गोली हानेर व्यवसायीको हत्या

जनकपुरधाम । सिरहामा गोली हानेर व्यवसायीको हत्या भएको छ ।लहान नगरपालिका– २३ मा सुनचाँदी व्यवसाय गर्दै आउनु भएका अन्दाजी ४५ वर्षीय प्रदीप कुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा मृत्यु भएको हो । उहाँ लहान नगरपालिका– २३ गड्डाचोक डेरा गरी बस्दै आउनु भएको थियो । राति साढे १२ बजेतिर घरमा सुतीरहेको बेला लुटेरा समूहले बिक दम्पतीमाथि आक्रमण […]

पत्रकार महासंघमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी, कसले कति मत पाए ?

काठमाडौं । नेपाल पत्रकार महासंंघमा लोकतान्त्रिक प्रगतिशील प्यानलका विपुल पोख्रेल नेतृत्वको प्यानल विजयी भएको छ । पोखरेल छ हजार ९४२ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माले तीन हजार ९१५ मत प्राप्त गर्नुभएको छ । यस्तै अध्यक्ष पदका अर्का प्रत्याशी गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत प्राप्त गर्दा रामप्रसाद दाहालले १५६ मत प्राप्त […]

गैर आवासीय नेपाली युवाहरुको अन्तराष्ट्रिय कविता प्रतियोगिता : प्रथम हुनेलाई एक हजार डलरको पुरस्कार

काठमाडौं । देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ। गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन्। प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी […]

भक्तपुरको बिस्केट जात्रा आजबाट शुरु, यस्तो छ तयारी

भक्तपुर । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट)  जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ ) तानातान गर्दै शुरुआत गरिन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल […]