दूरसञ्चार सेवा सम्बन्धि सबै गुनासोहरु तत्काल सम्बोधन गर्ने मन्त्री गुरुङको प्रतिवद्धता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धि सबै गुनासोहरु तत्काल सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुुणस्तरीय र सर्वसुुलभ बनाउन सुुझाव दिन संघीय संसदका सांसदहरु देखि स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरुलाई आग्रह समेत गर्नु भयो । सञ्चार तथा […]

के तपाई जापान आउँदै हुनुहुन्छ ? यी कुराहरु अनीवार्य ध्यान दिनुस है !

बुद्धिराज घिमिरे जापान सरकारले कोरोना भाईरस संक्रमणको पछिल्लो अवस्थालाई ध्यानमा राखेर विदेशी आगमनलाई कडाई गरेको छ । नेपालदेखि जापानसम्म आई पुग्दा मेरो छोटो अनुभव राख्ने कोशीस गरेको छु । जापान आउदाँ के -के कुरामा ध्यान दिने ? कोरोना नेगेटिभ भएको ल्याव र डाक्टरले प्रमाणित गरेको कागज। -Barcode/QRCode -पासपोट – जाईरोकार्ड – एयरपोट भित्र विशेष गरि […]

एनआरएनए चीनको आयोजनामा रक्तदान कार्यक्रम हुँदै, सहभागिताको लागि आह्वान

काठमाडौं । गैर आवासीय नेपाली संघ चीनको आयोजनामा आगामी चैत्र २३ गते सोमबार अर्थात ५ तारिखमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । संघको काठमाडौंस्थित केन्द्रीय सचिवालय बालुवाटारमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेका अनुसार रक्तदान दिउँसो १२ बजेदेखि ४ बजेसम्म आयोजना हुनेछ । अध्यक्ष न्यौपानेले कार्यक्रममा सहभागि भई […]

आज बिमस्टेक मन्त्रीस्तरीय बैठक

काठमाडौँ । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक ) को मन्त्रीस्तरीय बैठक आज बस्दैछ । यो पटक मन्त्रीस्तरीय बैठक श्रीलङ्काले आयोजना गर्नेछ । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नुहुने कार्यक्रम रहेको छ । उहाँसँग अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहनुहुनेछ । बिहीबार अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको छ । […]

दोस्रो चरणको सम्भाबित लहर, एक सातामा ४० प्रतिशतले सङ्क्रमण वृद्धि

काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो चरणको लहर आउने सम्भाबना देखिएको छ । पछिल्लो एक सातामा कोरोना भाइरसका नयाँ थपिने सङ्क्रमित ४० प्रतिशतले वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्रमा कोरोना सङ्क्रमण वृद्धि हुँदा त्यसको असर नेपालमा परेको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक डा. बिराज कर्माचार्यका अनुसार पछिल्लो […]

‘नेकपा विभाजनको अन्तरकथा’

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा चलेको नेकपा एमाले नै थियो । विडम्बना ! नेकपा बनेपछि एमाले संस्कृति जोगिएन।विचारका दृष्टिले दुवै पार्टीमा जनताको बहुदलीय जनवादको सारमा कुनै तात्विक अन्तर थिएन। तर त्यसलाई नेकपा पंक्तिले खुला हृदयले आत्मसाथ गर्न नसक्दा समग्र पार्टीपंति […]

मेलम्चीको पानी यो सरकारले मात्र ल्याएको हैनः सांसद राजेन्द्रकुमार केसी

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी यो सरकारले मात्र ल्याएको भन्न नमिल्ने बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उहाँले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै कांग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्टराईले देखेको बताउनु भएको हो ।३० वर्षयता भएको कामका कारणले नै अहिले मेलम्चीको पानी काठमाडौं […]