एनआरएनए नर्वेको अध्यक्षमा विष्णु गौतम निर्विरोध निर्वाचीत

ओस्लो: गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नर्वेको नयाँ कार्यसमिति (२०२३-२०२५) निर्विरोध निर्वाचीत भएको छ । तर एक जना आइसिसी सदस्यमा दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन हुने भएको छ । आइसिसी सदस्यमा पबित्र बस्नेत र नवराज अधिकारी (राजन)को उम्मेदवारी परेको हो । निर्वाचन यही जुलाई २९ मा हुनेछ । एनसिसी नर्वेको अध्यक्षमा बिष्णु गौतम, […]

एनआरएनए स्वीडेनमा घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

स्टकहोल्म : गैर आवासीय नेपाली संघ स्वीडेनको नयाँ कार्यसमिति निर्विरोध निर्वाचीत भएको छ । आगामी कार्यकाल २०२३-२०२५ को लागि गंगा प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचीत भएको हो । आइसिसी सदस्यमा पनि दिनेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत हुनु भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा विजय प्रधान, महासचिवमा राजेन्द्र तामाङ्ग, सचिवमा नरेश कुमार भण्डारी र […]

लम्पी स्किन रोग नियन्त्रण गर्न चाँगुनारायणका वडा-वडामा खटिए पशु चिकित्सकसहितको प्राविधिक टोली

भक्तपुर । एक महिना अगाडि देखि नै लम्पी स्किन रोग विरुद्ध खोप अभियान सञ्चालन गरेको चाँगुनारायण नगरपालिकाले लम्पी स्किन रोग थप फैलन नदिन र नियन्त्रणका लागि वडा-वडामा पशु चिकित्सकसहितको प्रावधिक टोली खटाएको छ । नगरपालिकाको पशुपंक्षी विकास शाखाले लम्पी स्किन रोग नियन्त्रणका लागि पशु चिकित्सकहरुसहितको प्राविधिक टोली खटाएको हो । पशु विकास अधिकृत खड्ग मैनालीका […]

एनआरएनए हङकङमा ढकालको नेतृत्वमा सिंगो कार्यसमिति निर्विरोध

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङको अध्यक्षमा गोकर्ण ढकाल पुन निर्वाचीत हुनु भएको छ । एनआरएनए हङकङको २०२३–०२५ कार्यकालका लागि अध्यक्ष पदमा ढकालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हनु भएको हो । अध्यक्षसहित सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको छ । त्यस्तै, उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ, महासचिवमा डिल्लीराम विश्कर्मा,सचिवमा मनोज सूर्यवशीं, कोषाध्यक्षमा […]

एनआरएनए बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी हुनु भएकोछ । सापकोटा आगामी कार्यकालको लागि अध्यक्षमा विजयी हुनु भएको हो । सापकोटा लामो समयदेखि सामाजीक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल रहँदै आउनु भएको छ । सापकोटाले एक हजार एक सय १२ मत प्राप्त गर्नुहुदै विजयी हुनु भयो भने अध्यक्ष पदका अर्का उम्मेद्वार तीर्थ […]

चाँगुनारायणले विपन्न,असहाय, अशक्त र हिंसा प्रभावीतलाई निःशूल्क कानूनी सहायताको ब्यवस्था मिलाउने

भक्तपुर: चाँगुनारायण नगरपालिकाले सामाजिक, आर्थिक रुपमा पिछडिएका एवं असहाय, अशक्त र हिंसा प्रभावीत ब्यक्तीहरुका लागि निःशूल्क कानूनी सहायताको ब्यवस्था मिलाउने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८० ८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरेको हो । सडक आश्रित, बेवारिसे ब्यक्तिहरुको उद्धार, उपचार, पालनपोषण, पारिवारिक पुनर्मिलन एवं पुनस्थापनाको लागि आवश्यक ब्यवस्था मिलाउने, महिलाको हक […]

नन्दीकेश्वर महादेव मन्दिरमा श्रावणी मेला शूरु, सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा उद्घाटन

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नन्दीकेश्वर महादेवको श्रावणी मेलाको उद्घाटन गर्नु भएको छ । सूर्यविनायक नगरपालिका वडा नंं ९ मा अवस्थित नन्दीकेश्वर महादेवमा एक कार्यक्रमकाबीच मेलाको समुद्घाटन गर्नु भएको हो । उद्घाटन अघि पञ्चकन्या मन्दिर, ढुंगाडोल गणेशमन्दिर हुँदै नन्दीकेश्वर मन्दिरमा आएर कलश यात्रा समापन गरिएको थियो । सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले […]