राष्ट्रपतिद्वारा मंगलबार सर्वदलीय बैठक आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति निवासमा मंगलबार दिउँसो ४ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई छलफलका लागि बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । कार्यालयका अनुसार छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शिर्ष नेतालाई बैठकमा बोलाइएको छ ।

एनआरएनए अमेरिकालाई साझा संस्थाको रुपमा विकास गर्न लागिपर्नेछु : कृष्ण जीबी पन्थ

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्थले उम्मेदवारी घोषणा गर्नुभएको छ । पन्थले ‘गतिशिल,पारदर्शी र संस्थागत एनआरएनए’ मूल नारा सहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । हाल एनसीसी अमेरिकाको उपाध्यक्ष रहनु भएको पन्थ गत २०१९ को निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर विजयी हुनुभएको थियो । एनआरएनए अमेरिकालाई […]

ओली- नेपाल समूह वार्ता सकारात्मक

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको नेताहरुले बताएका छन् । नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको वार्तामा नेपाल पक्षले २८ गतेको बालुवाटारबाट भएका निर्णयहरू फिर्ता लिनुपर्ने […]

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बन्जाडेको उम्मेदवारी घोषणा (भिडिओ रिर्पोटसहित )

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बन्जाडेले उम्मेदवारी घोषणा गर्नुभएको छ । अमेरिकाको डल्लास टेक्सासको नेपाली मन्दिरमा आयोजित एक कार्यक्रमका बीच डा.बन्जाडेले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । बञ्जाडेले आफुले बिगतमा संस्थामा रहेर गरेको कामको अनुभवका आधारमा उम्मेदवारी दिएको बताउनुभयो। एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुदैं वर्तमान […]

ओलीको विकल्प बन्लान् त देउवा ?

काठमाडौं । कांग्रेसको सहभागिताबिना मुलुकले प्रधानमन्त्री केपी ओलीको विकल्प पाउने सम्भावना कमजोर बन्दै गएको छ। तर सत्ताका लागि सधैं मरिहत्ते गर्ने आरोप खेप्दै आएका शेरबहादुर देउवाको प्राथमिकतामा प्रधानमन्त्री परेको छैन। नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहका नेताहरूले समेत ओलीको विकल्प दिन सभापति देउवाले सरकारको नेतृत्वका लागि अग्रसरता लिनुपर्ने र त्यसका लागि आफूहरूको पूर्ण समर्थन रहेको […]

कांग्रेसले समयमै निचोड निकाल्न नसक्दा ओली सरकार ढाल्न सकिएन : रामचन्द्र पौडेल

बेनी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले समयमै निचोड निकाल्न नसक्दा वर्तमान केपी शर्मा ओली सरकार ढाल्न नसकिएको बताउनुभएको छ । म्याग्दीमा आयोजीत एक कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेसको अनिर्णयको कारण कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको बताउनुभयो । ‘कांग्रेसले समयमै ढुलमुल नगरेको भए संघीयसँगै बागमती र प्रदेश–१ का सरकार ढाल्न सकिन्थ्यो तर […]

बम विस्फोट घटनाका गम्भीर घाइतेलाई काठमाडौं लगिँदै

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएकोे बम विस्फोटमा गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । आइतबार दिउँसो सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये धनगढीमाई नगरपालिका–१३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ […]