एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउनु भएको छ । साथै रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोक्नु भएको छ । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित हुनुभएको थियो। उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु […]

आन्तरिक विवादका कारण जसपा नेपालले संसदीय दलको नेता छान्न सकेन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको नेता चयन गर्न सकेन । शुक्रबार बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने अपेक्षा गरिए पनि आन्तरिक विवादका कारण उक्त विषयलाई थाँती राखिएको बताइन्छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको जसपा नेपालले अहिलेसम्म आफ्नै संसदीय दलको नेता चयन गर्न सकेको […]

जसपा संसदीय दलको बैठक सुरु, संसदीय दलको नेता चयनबारे छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ ।सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय दलको नेता चयन लगायत बारे छलफल हुने जानकारी प्राप्त भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्छः पुष्पकमल दाहाल

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देaशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन खोजेको उहाँले आरोप लगाउनु भयो । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन त्यसमा भूमिका खेल्ने नेताहरुलाई […]

एमाले केन्द्रीय कमिटी बैठक चैत १ गतेका लागि आह्वान

काठमाडौं । सर्वोच्च अदालतले पार्टीलाई ब्यूँताइदिएपछि नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठक आह्रवान गर्नुभएको हो । बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित र त्यसपछि मनोनित केन्द्रीय सदस्यहरु सहभागी हुने जनाइएको छ । बैठकको मिति तय भएसँगै प्रधानमन्त्री ओलीले आज […]

पुनर्स्थापित संसदको दोस्रो बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

काठमाडौं । पुनर्स्थापनापछि आज प्रतिनिधि सभाको दोस्रो बैठक बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ। यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकै अवरुद्ध पारेको थियो। त्यस्तै प्रचण्ड–नेपाल […]

अदालतको फैसलाले म जस्तो लप्पन-छप्पन नजान्ने धेरैलाई खुसी बनायोः नेता गौतम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान चलाउँदै आएका नेता वामदेव गौतमले अबका दिनमा विगतका तिक्तता सबैले बिर्सेर गाली र बिझ्ने शब्द नबोली एकताको बाटो खुला राख्न र आफ्नो दल सुदृढ बनाउँदै अगाडि बढ्न आग्रह गर्नुभएको छ । मंगलबार आफ्नै निवास भैंसेपाटी पुगेका पत्रकारहरूबीच एमालेका बरिष्ठ उपाध्यक्ष गौतमले निर्वाचन आयोगले निर्णय दिन नसकेको बिषयमा […]