टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी अध्यक्षमा कृष्ण लामिछानेले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए अमेरिकाको पूर्ब बोर्ड अफ डाइरेक्टर लामिछानेले अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।विगत २० वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको लामिछाने नेपाली समाज टेक्ससको अध्यक्ष लगायत विभिन्न सामाजीक संस्थाहरूको नेतृत्व गरिसक्नुभएको छ । को हुन लामिछाने […]
काठमाडौं । कृृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका, महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारबाही गर्नका निम्ती सरकारले कडा कानुन निर्माण गरेको बताउनुभएको छ । १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले […]
काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई आइतबार ब्युँताइदिएपछि अन्तत नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । तीन वर्षअघि दुई दलको एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बनेकोमा अदालतले ब्युँताइदिएपछि दुई दल अलग अलग भएर जाने निर्णयमा पुगेका हुन । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी […]
काठमाडौं । सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि पहिलो पटक बसेको प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपाको प्रचण्ड–नेपाल समूहले बैठक अवरुद्ध गरेपछि संसद बैठक २६ गतेसम्मका लागि स्थगित भएको हो । बैठक २६ गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो । संसद भवन नयाँ वानेश्वरमा निर्धारित […]
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषी कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा महासचिव समेत रहनुभएका मन्त्री पौडेलले अदालतको निर्णय स्वीकारेर अगाडी बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं । कानुनी र […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको टिप्पणी गर्नुभएको छ । फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी नगर्ने पनि बताउनुभयो । सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको बताउँदै भन्नुभयो, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक […]
काठमाडौं । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाको वैधानिकता खारेज भएको छ । सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज भएको हो । न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो […]