नेकपा संसदीय दलको बैठक सकियो, ११५ सांसद उपस्थित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको जनाइएको छ । आजको बैठकमा ११५ जना सांसदको सहभागिता रहे पनि केही सांसद काम विशेषले सहभागी हुन नसक्नु भएको र भोलिसम्म १३० सम्म संख्या पुग्ने […]

एनआरएनएको सुदुर पश्चिम मोबाइल ब्लड बैंकलाई अफ्रिकाका धनाढ्य रुपारेलियाबाट दुई लाख पचास हजार सहयोग

लेगोस, नाइजेरिया । गैर आवासीय नेपाली संघको दोश्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका प्रख्यात उधोगपती डा. सुधीर रुपारेलियाले दुई लाख पचास हजार सहयोग गर्नुभएको छ । एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार प्रख्यात उधोगपती डा। सुधीर रुपारेलियाले दुई लाख पचास हजार सहयोग गर्नुभएको हो । एनआरएनएले सम्पुर्ण आधुनिक सुबिधा सहितको घुम्ती ब्लड बैंक […]

लाप्राक नमूना बस्ती आगामी बैशाख १२ गते औपचारिक रुपमा हस्तान्तरण गर्ने घोषणा

काठमाडौ । गैर आवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक नमूना बस्तिको निरीक्षण भ्रमण गरेको छ । सो भ्रमण टोलिमा २० जनाको सहभागिता रहेको थियो । लाभग्राहिका तर्फबाट बडाका अध्यक्ष, राज गुरुङ्गले, स्वागत मन्तव्य व्यक्त गर्दै बस्ति अब छिटो सम्पन्न हुनेमा लाभग्राहिहरु विश्वस्त भएका […]

कुनै पनि हालतमा राजीनामा दिन्नँ, मैले छाडे देशमा अस्थिरता आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताउनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि राजीनामा माग भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यसलाई ठाडै अश्विकार गर्नुभएको हो । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने दावी गर्नुभयो । नेकपाको ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास भइरहँदा प्रधानमन्त्री […]

फागुन २३ मा संसद् अधिवेशनको सिफारिस

काठमाडौँ । सरकारले यही फागुन २३ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले यही फागुन २३ गते संसद्को हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले […]

कुनै पनि खालको राजनीतिक परिस्थितिले सरकारलाई विचलित बनाउन सक्दैन: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट सरकार विचलित नहुने भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले राष्ट्र, राष्ट्रियता र मुलुकलाई समृद्ध बनाउने अभियानमा कुनै पनि खालको राजनीतिक परिस्थितिले सरकारलाई विचलित नबनाउने प्रष्टयाउनु भएको हो । नेपाल साङ्गितीक संघ र साधनाकला केन्द्रले वरिष्ठ संगीतकार स्वर्गीय अमर […]

नेकपा ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटायो, विशाल भट्टराई मनोनित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गर्नुभएको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाई संसदीय दलको नेता मनोनित गरेको ओली समूहले जनाएको छ । ओली समूहका सक्रिय […]