प्रचण्ड–नेपाल समूहको आमहड्ताल, शाक्यसहित दर्जनौं नेता कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज देशभर आम हड्ताल गरेको छ । सरकारले संवैधानिक पदहरूमा गैरकानूनी रुपमा नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूहले आज आम हड्ताल गरेको हो । आज आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् । आम हड्तालको प्रभाव काठमाडौं उपत्यकामा बिहानैदेखि […]

पार्टीबाट छुट्टिएर गएकाहरुले जनतालाई दुःख दिन आमहड्ताल गरे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि प्रचण्ड नेपाल समूहले आह्वान गरेको आमहड्तालका सम्बन्धमा प्रतिक्रिया दिनुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलिका लागि घोषित आमहडताल जनतालाई दुःख दिनका लागि गरिएको बताउनुभयो । पार्टीबाट छुट्टिएर गएकाहरुले जनतालाई दुःख दिन खोजेको उहाँको आरोप छ । भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीले काठमाडौंमा गरेको […]

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा भोलिका लागि आमहड्ताल घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सरकारले असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विरोधमा बिहीबार देशव्यापी आमहड्ताल आव्हान गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गरेर प्रचण्ड–नेपाल समूहले सरकारको असंवैधानिक कदमविरुद्ध आमहड्ताल आव्हान गर्नुपरेको जनाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्र रक्षाका लागि बाध्य भएर आफुहरुले आमहड्ताल आव्हान […]

संविधानमाथि प्रधानमन्त्री ओलीले आतंककारी हमला गरेः राजेन्द्र महतो

विराटनगर । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान समाप्त पार्ने खेल खेलिरहेको आरोप लगाउनुभएको छ । विराटनगरमा आज आयोजित अगुवा कार्यकर्ता भेलामा नेता महतोले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम संवैधानिक व्यवस्थामाथिको आतंककारी हमला भएको दाबी गर्नुभयो । नेता महतोले संसद पुनर्स्थापना र आमनिर्वाचनमा दुवै समस्याको सामाधान नभएको जिकिर […]

प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने प्रचण्ड–माधव पक्षको निर्णय

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज बसेको बैठकले ओलीलाई निष्कासन गर्ने निर्णय गरेको हो । साथै महासचिव विष्णु पौडेललाई पदबाट गरेको निर्णयलाई पनि केन्द्रीय कमिटीले अनुमोदन गरेको छ । यस्तै घोषित संघर्षका कार्यक्रम सफल पार्न सिंगो […]

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडाैँ । कक्षा १२ को नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डकाे केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको […]

कक्षा १२ को नतिजा आज सार्वजनीक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबारआज कक्षा १२ को नतिजा सार्जजनिक गर्ने भएको छ । आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । बैठकलगतै नतिजा सार्वजनीक गरिने जनाइएको छ । बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन […]