काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको व्यवसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघको बालुवाटारस्थित सचिवालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव गणेश केसीले हाल विश्वभरि बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न सीपमुलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको […]
भक्तपुर : चाँगुनारायण नगरपालिकाले भवन निर्माण आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै मेयर जीवन खत्रीले सो कुरा बताउनु भएको हो । निजी, सामुदायीक सबै प्रकारका भवन निर्माणमा आचारसंहिता पालनामा कडाई गरिने भएको छ । यस्तै व्यवस्थित एवं योजनबद्ध शहरी विकासमा विशेष ध्यान दिने मेयर खत्रीले […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाले सडकका नामाकरण र घर लम्बर दिने कार्यको थालनी गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा नगर यातायात एमटिएमपी गुरुयोजना तयार भई सकेकाले सडक नामाकरण र जिआइएसका आधारमा ब्लक छुट्टयाई घर नम्बर दिने कार्यको थालनी गर्न बजेट समेत छुट्याइएको छ । नगरपालिकाबाट घर निर्माण सम्पन्न भएको प्रमाणपत्र लिँदा प्रत्येक निजी घरधनीलाई कौशीखेतीमा […]
भक्तपुर : चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिक, अति अशक्त र अपांगता भएका ब्यक्तीहरुलाई नगर अस्पतालबाट प्रवाह हुने स्वास्थ्य उपचार सेवा निशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गर्नु भएको हो । नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम गर्ने, ज्येष्ठ नागरिक मिलन चौतारीको विस्तार एवं […]
भक्तपुर: सूर्यविनायक नगरपालिकाले हालसम्म पाँच हजार भन्दा बढी सडक बत्ती जडान गरेको छ । सडकजन्य जोखिम न्यूनीकरण र सुन्दर शहर निर्माण गर्ने उद्देश्यले विगत तीन आर्थिक वर्षदेखि संचालनमा रहेको नगर प्रमुख उज्यालो कार्यक्रम अन्र्तगत हाल सम्म पाँच हजार भन्दा वढि सडक बत्ती जडान भएको हो । नगर प्रमुख बासुदवे थापाले अझै पनि सडक बत्तीको माग […]
भक्तपुर: चाँगुनारायण नगरपालिकामा लागत साझेदारीमा तीन वटा नमूना मिट मार्ट निर्माण गरिएको छ । चाँगुनारायण नगरपालिकाको पशुपंक्षी विकास शाखाका अनुसार चालु आर्थिक वर्षमा संघीय सरकारको २९ लाख ७० हजार लागत साझेदारीकोे कार्यक्रम अन्तर्गत सशर्त अनुदानमा मिट मार्ट स्थापना गरिएको हो । संघबाट आएको कार्यक्रमलाई केन्द्रकै कार्याविधीमा टेकेर सूचना प्रकाशित गरिएकोमा विभिन्न वडाका ५ वटा ब्यवसायीक […]
भक्तपुर: चाँगुनारायण नगरपालिकाले सामुदायिक विद्यालयमा नगर विद्यालय बस साझेदारी कार्यक्रम सञ्चालन गर्न अनुदान दिने भएको छ । नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गर्नु भएको हो । नगरपालिकाले सबै प्रकारका शिक्षामा पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालय सुधारका विविध शैक्षीक कार्यक्रम सञ्चालन गर्ने, शैक्षीक गुणस्तर सुदृढीकरणका निम्ति लेसन स्टडी […]