कागेश्वरी मनोहरामा बजेटको पूर्व तयारी, टोल सुधार समितिका पदाधिकारीसँग छलफल, लागत सहभागितामा काम गर्न जोड

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको पूर्वतयारीको लागि पहिलो पटक टोल सुधार समितिसँग छलफल गरेको छ । नगरपालिकाका ९ वटै वडाका टोल सुधार समितिका पदाधिकारीसँग अन्तरक्रिर्या गर्दै योजना माग गरिएको हो । नगरपालिकाले टोल सुधार समितिसँगको साझेदारीका स्थानीय ससाना आवश्यकता र मागलाई सम्बोधन गर्ने योजना अनुरुप बजेटको पूर्व सन्ध्यामा […]

एनआरएनएको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानमा हुने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन यही जून महिनाको अन्तिम साता हुने भएको छ । ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित जुन २८ देखि ३० तारिखसम्म आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना गरिने भएको हो । गैर आवासीय नेपाली संघको […]

सूर्यविनायकमा आगामी असार १५-१७ गते घरेलु, कृषि तथा पर्यटन मेला हुने

भक्तपुर : सूर्यविनायक नगरपालिकाले आगामी असार १५ देखि १७ गतेसम्म घरेलु, कृषि तथा पर्यटन मेला आयोजना गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत श्रीधर केसीले बिहीबार एक विज्ञप्ति जारी गर्नुहुँदै मेला बारेमा जानकारी गराउनु भएको हो । ‘दिगो विकास, ब्यवस्थित शहर, स्वच्छ, समृद्ध सूर्यविनायक नगर’ भन्ने नाराका साथ मेला नगरपालिकाको वडा नंं ८ आदर्श […]

ग्रीसमा कृष्ण पोखरेलको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति गठन

काठमाडौं । ग्रीसमा गैर आवासीय नेपाली संघ (एनआरएनए) गठन गरिएको छ । एनआरएनए कोषाध्यक्ष सुनील साहको उपस्थितिमा कृष्ण पोखरेलको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्ष सन्तोष प्रसाद आचार्य र टिकाराम खड्काथोकी, सचिवमा अर्जुन केसी, सहसचिवमा अनील गुरुगं, कोषाध्यक्षमा साजन राई चयन हुनु भएको छ । त्यस्तै, सदस्यहरुमा सुजना श्रेष्ठ, पन्च गुरुगं, धुव्र गुरुगं, […]

मध्यपुर थिमीमा असार १६ गते रोजगार मेला आयोजना गर्ने निर्णय, तयारीका लागि मूल आयोजक समिति गठन

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले आगामी असार १६ गते रोजगार मेला आयोजना गर्ने भएको छ । मेलाको तयारीका लागि सरोकारवालाहरुसँग छलफल गर्दै मूल आयोजक समिति गठन गरिएको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले मेला भब्य रुपमा सफल बनाउने निर्णय गरेको हो । निर्णयअनुसार वडा नं ३ का वडा अध्यक्ष एवं नगरपालिकाका […]

चाँगुनारायण नगरपालिकामा मेयर खत्रीको एक वर्ष : के-के भए महत्वपूर्ण काम ?

भक्तपुर । चाँगुनारायण नगरपालिकाले एक वर्षमा भएका महत्वपूर्ण उपलब्धीहरु सार्वजनीक गरेको छ । नगरपालिकाले सडक, ढल, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व सङ्कलन लगायतका विषयमा भएका उपलब्धीहरु सार्वजनीक गरेको हो । नगर प्रमुख जीवन खत्री नेतृत्वमा रहेको गरपालिकाले यस अवधिमा विभिन्न विषयका ५ वटा ऐन (संशोधनसमेत) तथा १० वटा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको […]

कागेश्वरीमा एक वर्षमा २७ किलोमिटर सडक कालोपत्रे, खानेपानीका वृहत्त आयोजना अगाडि बढाइयो

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले एक वर्षमा २७ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको बताउनु भएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा नगर प्रमुख कार्कीले आफू निर्वाचीत भएपछि एक वर्षमै २७ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको बताउनुभयो । अघिल्लो पाँच वर्षमा ५२ किलोमिटर सडक कालोपत्रे भएको थियो । उहाँले आफ्नो पहिलो वर्ष कालोपत्रे […]