एनआरएनए अमेरिका : सदस्यताका लागि १३ हजार ९५६ जनाले दिए आवेदन

न्यूर्योक : गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सदस्यताका लागि करिब १४ हजारले आवेदन दिएका छन् । आगामी कार्यकाल सन् २०२३–२५ का लागि करिब १४ हजारले सदस्यताको लागि आवेदन दिएका हुन् । एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले सदस्यता अभियान सम्पन्न भएको जानकारी गराउनुहुँदै यो अवधिमा १३ हजार ९५६ जनाले साधारण सदस्यका लागि आवेदन […]

एनआरएनएको नाम, लोगो र लेटरहेड प्रयोग नगर्न शेष घलेसहित १८ जनालाई १५ दिने अल्टिमेटम (पत्रसहित)

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पूर्व अध्यक्ष शेष घलेसहित १८ जनालाई संस्थाको नाम, लोगो र लेटरहेड प्रयोग नगर्न भन्दै चेतावनी पत्र पठाएको छ। बालुवाटारस्थित एनआरएनएको सचिवालयले विनोद कुँवर नेतृत्वको एनआरएनएका पदाधिकारीसहित डा. घलेलाई संघको नाम, लोगो र लेटरहेड प्रयोग नगर्न भन्दै चेतावनी पत्र पठाएको हो । संघका प्रमुख कार्यकारी निर्देशक रवीकिरण अधिकारीले ईमलेमार्फत […]

सूर्यविनायकका सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सक्रिय नगरपालिका, नवनियुक्त प्रधानाध्यापकलाई क्षमता अभिबृद्धि तालिम

भक्तपुर : सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुर्धान सूर्यविनायक नगरपालिका सक्रितापूर्वक लागिपरेको छ । पछिल्लो समय नेपालमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्त गरेर चर्चा कमाएको सूर्यविनायकले शैक्षीक गुणस्तर सुधार्न नवनियुक्त प्रधानाध्यापकरुको क्षमता अभिबृद्धिमा जोड दिएको छ । प्रा.डा मन प्रसाद वाग्ले, डा धनपति सुवेदी, डा रेबत कुमार ढकालको टिमले शनिबार नवनियुक्त प्रधानअध्यापकहरुलाई उच्चस्तरको […]

खुल्ला प्रतिस्पर्धाबाट नियुक्त प्रधानाध्यापकहरुले सामुदायिक विद्यालयलाई नमूना बनाएर देखाउनुपर्छ : मेयर बासुदेव थापा

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर अभिबृद्धिका लागि नगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको छ । खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका प्रधानाध्यापकहरुको लागि शनिबार आयोजित क्षमता अभिबृद्धि कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख थापाले सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर अभिबृद्धि गर्न जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताउनु भएको हो । सामुदायिक […]

सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर अभिबृद्धि गर्न सूर्यविनायक नगरपालिका र केयूबीच सम्झौता पत्रमा हस्ताक्षर

भक्तपुर । सूर्यविनायक नगरपालिकाका सामुदायिक विद्यालयमा शैक्षीक गुणस्तर अभिबृद्धिका लागि नगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ । शनिबार आयोजित एक कार्यक्रमकाबीच नगरपालिकाका नगर प्रमुख बासुदेव थापा र काठमाडौं विश्वविद्यालयका प्रा. डा. मनप्रसाद वाग्लेले सहमतिपत्रमा हस्ताक्षर गर्नु भयो । सहमतिअनुसार केयूले सूर्यविनायक नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर अभिबृद्धिका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ […]

सूर्यविनायकमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त प्रधानाध्यापकको विषयमा भ्रम फैलाउने कार्य गरिएको भन्दै आपत्ति

भक्तपुर: सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिएका प्रधानाध्यापकको विषयमा गलत प्रचार गर्न खोजीएको भन्दै आपत्ति जनाएको छ । नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले बिहीबार एक विज्ञप्ति जारी गर्नुहुँदै प्रतिस्पर्धावाट अव्वल ठहरी नियुक्ति पाई कार्यक्षेत्रमा खटीएका प्रधानाध्यापकहरुलाई लक्षीत गरि वास्तविक कुरा नवुझी हचुवाको भरमा लेख लेख्ने र प्रतिक्रिया जनाउने कार्यप्रति ध्यानाकर्षण भएको बताउनुभयो । नगरपालिकाले […]

सूर्यविनायक नगरपालिकाको न्यायिक समितिद्धारा पूर्वका पाँँच वटा पालिकामा अवलोकन भ्रमण (फोटोफिचर)

भक्तपुर: सूर्यविनायक नगरपालिकाको न्यायिक समितिले पूर्वका पाँच वटा स्थानीय तहमा अवलोकन भ्रमण गरेको छ । न्यायिक समिति संयोजक तथा उपमेयर सरिता तिमिल्सिना भट्टराईको नेतृत्वमा गएको टोलीले पूर्वका पाँच वटा पालिकामा अवलोकन भ्रमण गरेको हो । टोलीले ताप्लेजुङको फुंगलिंग नगरपालिका, ईलामको ईलाम नगरपालिका र सूर्योदय नगरपालिका, झापाको दमक नगरपालिका, मोरङको विराटनगर महानगरपालिकामा अवलोकन भ्रमण गरेको हो […]