काठमाडौं । समाज डेण्टल हस्पिटलको ९ औं शाखा गोकर्णेश्वर- ६ स्थित जोरपाटीमा खुलेको छ । दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता भन्ने उदेश्यका साथ स्थापना भएको समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा जोरपाटीमा सेवा बिस्तार गरेको हो । शनिबार एक कार्यक्रमकाबीच गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन […]
काठमाडौं: गैर आवासीय नेपाली संघमा डा. बद्री केसीले कार्यकारी अध्यक्षको जिम्मेवारी समाल्नु भएको छ । एनआरएनए सचीवालयमा आयोजित एक कार्यक्रमकाबीच डा. केसीले कार्यकारी अध्यक्षको जिम्मेवारी समाल्नु भएको हो । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोेसहित पूर्व अध्यक्षहरु भवन भट्ट, पूर्व पदाधिकारी तथा वर्तमान पदाधिकारी र एनआरएन अभियन्तालाई साक्षी राख्दै रविना थापाले केसीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिनु […]
काठमाडौँ : काठमाडौं उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन चयन हुनु भएको छ । शुक्रबार चन्द्रागिरी हिल्समा सम्पन्न फोरमको दुई दिवसीय बैठकले उपाध्यक्षमा सूर्यविनायकका मेयर बासुदेव थापा र महासचिवमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीलाई चयन गरेको हो । यसैगरी सचिवमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, सहसचिवमा […]
काठमाडौँ । सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको बताउनुभयो । मन्त्री […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले ‘मरणोपरान्त अंगदान’ को घोषणा गर्नु भएको छ । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको आयोजनामा भएको अंगदान घोषणा कार्यक्रममा मेयर कार्कीले जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अंगदानको घोषणा गर्नु भएको हो । सो अवसरमा बोल्नुहुँदै मेयर कार्कीले अंगदान जीवनदान भएको र अंगदान गरेर पुण्य आर्जन गर्न सकिने बताउनुभयो […]
काठमाडौं : नेपाल नगरपालिका संघका बागमती अध्यक्ष तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले शैक्षीक क्षेत्रको सुधारका लागि लगानी बढाउन आवश्यक रहेको बताउनु भएको छ । सामुदायिक विद्यालय ब्यवस्थापन महासंघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा मन्तब्य राख्नुहुँदै मेयर कार्कीले विना लगानी शैक्षीक क्षेत्रको सुधार सम्भव नरहेको बताउनु भएको हो । सामुदायिक विद्यालयकको गुणस्तर बढाउन तीनै तहको […]
काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिका वडा नंं. ७ को कार्यालयले गाँउ घर क्लिनिक सेवा सञ्चालनमा ल्याएको छ । २३ हजार जनसंख्या रहेको वडामा स्वास्थ्य सेवा लिन आउँन नसक्नेलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउँन यो अभियान चलाइएको हो । वडा कार्यालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रद्धारा लक्षित वर्गका लागि आईतबार मूलपानी पिपलबोट नजिकको दिब्य ज्योति क्लव भवनबाट गाँउ घर […]