स्मार्ट सिटी निर्माणमा देखिएका समस्या सुल्झाउन सात सदस्यीय समिति गठन, संयोजकमा कार्की र सहसंयोजकमा थापा

काडमाडौं: काठमाडौंका दुई र भक्तपुरका तीन नगरपालिका समेटेर बन्ने भनीएको स्मार्ट सिटीको योजनालाई कार्यान्वयन गराउन स्थानीय तहका जनप्रतिनिधिहरुले पहलकदमी थालेका छन् । नगरकोटमा आयोजित पूर्वी उपत्यकाका ६ वटा नगरपालिकासहित सरोकारवालाको बैठकले स्मार्ट सिटीको योजनालाई कार्यान्वयन गराउन सात सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र उपसंयोजकमा सूर्यविनायक नगरपालिकाका […]

विकास निर्माणमा साझा धारणा बनाउने पूर्वी उपत्यकाका ६ वटा नगरपालिकाबीच समझदारी

काठमाडौं:  पूर्वी उपत्यकाका ६ वटा नगरपालिकाबीच विकास निर्माणमा साझा धारणा बनाउने समझदारी बनेको छ । पूर्वी उपत्यकाका ६ वटा नगरपालिका गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंकरापुर, सूर्यविनायक, मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकाबीच विकास निर्माणमा साझा धारणा बनाउने समझदारी बनेको हो । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीका अनुसार पूर्वी उपत्यकाका नगरपालिकामा भइरहेका विकास निर्माणका प्रयासहरु, यहाँको आवश्यकता, […]

कागेश्वरी मनोहरालाई खेलकूद नगरीको रुपमा विकास गर्न लागिपरेका छौ: उपेन्द्र कार्की, मेयर

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकालाई खेलकुद नगरीको रुपमा विकास गर्न लागिपरेको बताउनु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै मेयर कार्कीले सो कुरा बताउनु भएको हो । मेयर कार्कीले ९ वटै वडाहरुमा फरक फरक खालका खेलकुदका पूर्वाधार बनाउन लागिपरेको […]

सूर्यविनायकका मेयर थापाद्धारा रेडक्रस नलिन्चोक उपशाखाको नवनिर्मित भवनको उद्घाटन

भक्तपुर:  सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नेपाल रेडक्रस सोसाईटी नलिन्चोक उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । सूर्यविनायक नगरपालिका १० मा अवस्थित नलिन्चोक उपशाखाको एक कार्यक्रमको बीच मंगलबार मेयर थापाले उद्घाटन गर्नु भएको हो । उद्घाटन गर्नुहुँदै मेयर थापाले रेडक्रससको भवन भए पनि यो सबैको साझा सम्पत्ति भएकाले आवश्यक परेको बेलामा रेडक्रससँग समन्वय गरेर […]

खेलाडी उत्पादनमा अघि बढ्दै मोरङको ब्राईटफ्युचर स्कुल

मोरङ । जिल्लामा भर्खरै सम्पन्न सुन्दरहरैचा नगरपालिका नगरस्तरीय अन्तरविद्यालय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा वडा नं ८ सलकपुरमा रहेको ब्राईटफ्युचर स्कुलले छात्रातर्फको भलिबल प्रतियोगितामा उपाधि हात पार्यो । फागुन ५ देखि ७ गतेसम्म प्रस्तावित इन्द्रपुर रंगशालामा भएको सो प्रतियोगितामा १५ सय मिटर रेस तर्फ ब्राईटफ्युचरकै निशान्त श्रेष्ठ र ४ सय मिटर तर्फ अभिशेख खवास उपविजेता […]

सूर्यविनायक नगर अस्पतालले मनायो पहिलो वार्षिकोत्सव (फोटोफिचर)

भक्तपुर : सूर्यविनायक नगर अस्पतालले आइतबार पहिलो वाषिर्कोत्सव मनाएको छ । वार्षिकोत्सव नगर अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच केक काटेर मनाइएको हो । वार्षिकोत्सवको उद्घाटन गर्नुहुँदै नगरपालिका प्रमुख तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बासुदेव थापाले अस्पताल शूरु गर्दाको क्षण स्मरण गदै अस्पताललाई यो अवस्थामा ल्याउन धेरै कठिनाई ब्यहोर्नु परेको बताउनुभयो । मेयर थापाले रात दिन नभनी […]

गागलफेदीमा आइतबार ९ औं कागेश्वरी पर्यटन महोत्सव हुँदै

काठमाडौं : कागेश्वरी मन्दिर ब्यवस्थापन एवं पर्यटन विकास समितिको आयोजनामा कागेश्वरी मनोहरामा प्रजातन्त्र दिवसको दिन ९ औं कागेश्वरी पर्यटन महोत्सव हुने भएको छ । ‘स्वच्छ हराभरा, घुम्न जाऔं कागेश्वरी मनोहरा’ भन्ने मूल नाराका साथ नगरपालिकाको वडा नंं १ को गागलफेदीमा आइतबार पर्यटन महोत्सव हुन लागेको हो । कागेश्वरीमा यो कार्यक्रम वर्षेनी हुँदे आएको छ । […]