भक्तपुर: भक्तपुरको जगातीस्थित अरनीको राजमार्ग सँगै रहेको सूर्यविनायक नगर अस्पताल पुग्दा जो कोहीले छुट्टै आनन्दको महसुस गर्छन । काठमाडौंलगायतका विभिन्न अस्पतालमा निकै साँघुरो ठाउँ र बेड देख्ने जोकोही एक पटक सूर्यविनायक अस्पताल पुग्नु भयो भने छुट्टै आनन्दको महसुस गर्नुहुन्छ । २५ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालको दृश्य, अस्पताल परिसरमा विरामी कुरुवाको लागि बस्ने निकै सुन्दर ठाउँ, […]
कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि सरकार ढलेको छ । प्रदेशसभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो । प्रदेशभामा पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उहाँले बहुमत पाउन सक्नु भएन् । यससँगै प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । […]
काठमाडौं : अब कागेश्वरी मनोहरा नगरबासीलाई निशुल्क रगत उपलब्ध गराइने भएको छ । कागेश्वर मनोहरा नगरपालिका र नेपाल रेड्क्रस सोसाइटीबीच नगरबासीलाई निशुल्क रगतको पोका उपलब्ध गराइने सम्झौता भएको हो । नगरपालिकाका मेयर उपेन्द्र कार्कीको पहलमा आज एक कार्यक्रमको आयोजना गरि नेपाल रेडक्रस सोसाइटी केन्द्र, भक्तपुर, काठमाण्डौ शाखा र कागेश्वरी नगरपालिका बिच सम्झौता भएको हो । […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाको आयोजनामा तीन दिने प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु भएको छ । सूर्यविनायक नगरपालिका-४ स्थित मोर्डन स्कुलको प्रांगणमा आयोजित प्रतियोगिताको उद्घाटन मेयर बासुदेव थापाले गर्नुभयो । मेयर थापाले राष्ट्रिय झण्डातोलन गर्दै प्रतियोगीताको उद्घाटन गर्नु भएको हो । सो अवसरमा सम्बोधन गर्नुहुँदै मेयर थापाले राष्ट्र चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमीका हुने बताउनुभयो […]
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । रास्वपाको आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । तर, सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको छ । सभापति रवि लामिछानेले बैठकपछि पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिनुभयो । रास्वपाबाट चार […]
भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले इमानदारीपूर्वक अनुसासीत भएर मिहेनत गरे कुनै पनि क्षेत्रमा सफल भइने बताउनु भएको छ । सूर्यविनायकको सहयोगमा सञ्चालीत निशुल्क लोकसेवा तयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै मेयर थापाले सो कुरा बताउनुभएको हो । विद्यार्थीलाई उत्प्रेरणा दिर्दै मेयर थापाले हरेक क्षेत्रमा सूर्यविनायकको नाम राख्ने गरि अगाडि बढ्न आग्रह गर्नुभयो । लोकसेवा तयारी […]
थप ११ सय घरधुरीलाई पानी वितरण गर्ने योजना काठमाडौं : कागेश्वरी नगरबासीको घरघरमा शुद्ध खानेपानी खुवाउने परियोजना अगाडि बढाइएको छ । नगर प्रमुख उपेन्द्र कार्कीको पहलमा नगरबासीको घरघरमा शुद्ध खानेपानी खुवाउने परियोजना अगाडि बढाइएको हो । सोही परियोजनाका लागि नगर बिकास कोष ऋण सम्झौता समेत सम्पन्न भएको छ । कागेश्वरी नगरका जनताहरुलाई घरघरमा २४ सौ […]