पोखरामा यति विमान दुर्घटना: ६४ जनाको शव फेला

पोखरा : पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको शव फेला परेको छ । कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेको हो । एसपी केसीले ३० वटा शव निकालेर अस्पताल पुर्‍याइसकिएको र ३४ वटा शव खोंचमा भेटिएको बताउनुभयो । बाँकि शव तीन सय मिटर गहिरो खोंचमा भएकाले शव […]

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं : सरकारले पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि भएको जानकारी दिनुभयो । […]

यी हुन् पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार यात्रु (सूचीसहित)

काठमाडौं : पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा सवारमा यात्रुको पहिचान खुलेको छ । दुर्घटनाग्रत विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । आइतबार बिहान काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । विमानमा पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडा रहेको जानकारी प्राप्त भएको छ । विमानमा आठ जना विदेशी […]

मधेश प्रदेशमा ‘मोबाइल ब्लड बैंक बस’ का लागि अभियान चलाउँदै एनआरएनए

काठमाडौं: गैर आवासीय नेपाली संघले मधेश प्रदेशमा मोबाइल ब्लड बैंक बसका लागि अभियान जारी राखेको छ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनिल साहको नेतृत्वमा मधेश प्रदेशलाई ब्लड बैंक बसका लागि अभियान जारी राखीएको हो । रक्तदानको अभियानलाई अझ सहज बनाउने उद्देश्यका साथ रगत संकलनको लागि गाँउ शहरका कुन काप्चासम्म पुग्न सजिलो हुने कामको लागि […]

प्रधानमन्त्री दाहाल, सभापति देउवा र अर्थ मन्त्री पौडेलसँग जापानी संसद तथा पूर्व मन्त्रीको भेट

तीनैनेता द्धारा जापानको सहयोग प्रती धन्यवाद दिंदै निरन्तरताको आग्रह काठमाडौं : नेपालको घनिष्ट मित्र राष्ट्र जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’ का सांसद तथा पूर्व राज्यमन्त्री ताईरा मासाकी सहितको टोलीले प्रधानमन्त्री पुष्प कमल दाहाल सहित उच्चपदस्थ नेताहरुसँग भेट गरेको छ। नेपाल जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीयटोलीले शुक्रबार प्रधानमन्त्री दाहाल, नेपाली […]

गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनु भएको छ । प्रदेश सभाको आज बसेको बैठकमा अधिकारीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको हो। मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ मध्ये २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरी ३१ सांसदले विश्वासको मत दिएका थिए। ज्येष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका एमाले […]

वागमतीको सभामुखमा राप्रपा महामन्त्री भुवन पाठक विजयी

हेटौँडा: वागमती प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री भुवन पाठक निर्वाचित हुनु भएको छ । पाठकले सत्ता गठबन्धनबाट उम्मेदवार पाठकले नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई पराजित गर्नु भएको हो । सभामुख भएका पाठक समानुपातिक तर्फका सांसद हुनुहुन्छ । पाठकले ६२ मत ल्याउँदा अधिकारीले ३६ मत मात्र प्राप्त गर्नुभयो । सभामुखका अर्का उम्मेदवार नेपाल मजदुर किसान […]