काठमाडौं: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन प्रणाली असाध्यै खर्चीलो भएकाले परिवर्तनको खाँचो रहेको बताउनु भएको छ । आज संसदमा विश्वासको मतमाथिको छलफलमा भाग लिदैं केसीले चुनावी खर्च अत्यन्तै महँगो भएको बताउनुभयो । अहिले चुनावमा जान खर्च धेरै लाग्ने भन्दै त्यो उठाउनका लागि सबै ठूला दलहरू एकै ठाउँमा उभिएको आरोप पनि लगाउनुभयो । केसीले भन्नुभयो, […]
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राप्रपा अहिले समान हैसियतमा सरकारका सहयोगी बनेकोमा धन्यवाद दिनु भएको छ । कांग्रेसको समर्थन सदाशयताबाहेक अरू उद्देश्यले भएको हो भने त्यो सफल नहुने ओलीले बताउनुभयो । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत माग्दै ओलीले कांग्रेसले जाल थाप्न खोजेको हो भने जालमा माछा नपर्ने टिप्पणी गर्नु भएको […]
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनु भएको छ । संसदमा विश्वासको मतमाथि छलफलमा भाग लिँदै देउवाले विश्वासको मत दिए पनि सरकारमा भने सहभागी नहुने र प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताउनुभयो । देउवाले विपक्षमा रहँदा कांग्रेसले विरोधका लागि विरोध नगर्ने बताउनुभयो । उहाँले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन […]
काठमाडौँ : सरकारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पृथ्वीजयन्तीका दिन बिदा दिने निर्णय गरेको हो । यसअघि राप्रपाले सरकारलाई विश्वासको मत दिन पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो । राप्रपाको उक्त प्रस्तावअनुसार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । त्यस्तै, मन्त्रिपरिषद् […]
हेटौडा : वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त हुनु भएको छ । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गर्नु भएका जम्मकट्टेललाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको हो । जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७, हाम्रो नेपाली पार्टीका २ जना सांसदको […]
पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । प्रदेश प्रमुखले गत पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेकोमा अधिकारीले ३३ […]
लन्डन : गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को नवनियुक्त अध्यक्ष सुनीलबाबु खडकालाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । नयाँ वर्षको अवसरमा आयोजित शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा खड्काको अध्यक्षतामा रहेको नवनियुक्त विभिन्न पदाधिकारी तथा सदस्यलाई शपथ खुवाइएको हो । एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले अध्यक्ष खडकालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो भने […]