नेपालका हस्तकला उद्योगमा लगानीका लागि सहजीकरण गरिदिन एनआरएनएको माग

काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा रहेका हस्तकला उद्योगमा लगानीका लागि विदेशमा नेपालीहरु इच्छुक रहेकाले लगानीका लागि सहजीकरण गरिदिन सरकारसँग माग गर्नु भएको छ । गैर आवासीय नेपाली संघ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच नेपालमा उत्पादित मौलिक हस्तकलाका सामाग्री विदेशमा निर्यात तथा प्रवद्र्धनका लागि आयोजीत […]

सूर्यविनायकले खुलायो जग्गाको कित्ताकाट

भक्तपुर : सूर्यविनायक नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । आइतबार प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलले कित्ताकाट खुलेको सबै वडा कार्यालयलाई परिपत्र गर्नु भएको छ । नगरपालिकामा लामो समय कित्ताकाट रोकिदा स्थानीयलाई आर्थिक संकट परेको र नगरको आयमा समेत यसले नकारात्मक असर पारेकोले कित्ताकाट खोलीएको प्रमुख प्रशासकीय अधिकृत कँडेलले उल्लेख गर्नु भएको छ । गत जेठदेखि […]

टुंगियो मुख्यमन्त्रीको भागवण्डा, कुन पार्टीलाई कुन प्रदेश ?

काठमाडौँ : सत्ता साझेदार दलका शीर्ष नेताहरूले प्रदेश सरकार गठनको बाँडफाँट टुंग्याएका छन् । आइतबार साँझ बालुवाटारमा बसेको  गठबन्धनको बैठकले बाँकी रहेका ६ वटा प्रदेशमा सरकार गठनको बाँडफाँट टुंग्याएका हुन । बैठकले प्रदेश नं. १, गण्डकी, लुम्बिनीमा एमाले र कर्णालीमा माओवादीले पूरै कार्यकाल पाँच वर्षको लागि सरकार बनाउने सहमति भएको छ । उता सुदूरपश्चिम र […]

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर : नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । झापा ५ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेशसभा सदस्य कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको […]

जनताको सेवामा इमानदारीपूर्वक लागिरहन्छु : मेयर बासुदेव थापा

भक्तपुर:  सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले जनताको सेवामा इमानदारीपूर्वक लाग्न पाउँदा आफूलाई खुसी मिल्ने गरेको बताउनु भएको छ । नेकपा एमाले सूर्यविनायक नगरपालिका- ४ वडा कमिटिले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्नुहुँदै एमाले जिल्ला कमिटि उपाध्यक्ष समेत रहनु भएको थापाले जनताको निस्वार्थ रुपमा सेवा गर्न पाउँदा छुट्टै किसिमको सन्तुष्टी मिल्ने गरेको बताउनु भयो । मेयर थापाले […]

गैर आवासीय नेपाली संघद्धारा डिसेम्बर महिनाको मासिक प्रतिवेदन सार्वजनीक

काठमाडौं: गैर आवासीय नेपाली संघले डिसेम्बर महिनाको मासिक प्रतिवेदन सार्वजनीक गरेको छ । एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाको नेतृत्वमा भएका र एनआरएनएले गरेका गतिविधि समेटिएको मासिक प्रतिवेदन सार्वजनीक गरिएको हो । सार्वजनीक गरिएको प्रतिवेदन अनुसार डिसेम्बर महिनामा भएका मुख्य गतिवधि तथा उपलब्धिहरु यसप्रकार छ: – १. सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका […]

पोखरामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माणका लागि एनआरएनए र महानगरपालिका बिच सम्झौता

पोखरा: पोखरा महानगरपालिका वडा नं ९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ एनआरएनए बिच सम्झौता भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गर्नुभएको हो […]