गृह मन्त्रालयमा कानुन बमोजिम काम गर्न मन्त्री भेट्नुपर्दैन: गृहमन्त्री लामिछाने

काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा कानुनबमोजिम काम गर्न मन्त्रीलाई भेट्नु नपर्ने बताउनु भएको छ । गृहमन्त्री लामिछानेले शुक्रबार साँझ फेसबुकमार्फत एक सन्देश सार्वजनिक गर्दै सो कुरा बताउनु भएको हो । गृह मन्त्रालयका कर्मचारीहरू नागरिकको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेको बताउँदै भन्नुभयो, ‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई […]

मन्त्रालयको स्वीकृतिबिना नेता, राजदूत तथा कूटनीतिक नियोगसँग नभेट्न गृहको निर्देशन

काठमाडौँ : गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई स्पष्ट प्रयोजनका साथै विभागीय स्वीकृति नलिइकन राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका नेतृत्वसँग भेटघाट नगर्न निर्देशन दिएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले बिहीबार विज्ञाप्ति जारी गर्दै यस्तो निर्देशन दिनु भएको हो । यस्तो निर्देशनविपरीत कार्य गरे/ गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही गरिने समेत चेतावनी […]

थापाथलीका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले माग्यो गृहको सहयोग

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयको सहयोग माग्नु भएको छ । यसअघि महानगरपालिकाले थापाथलीको अनधिकृत संरचना हटाउन गरेको प्रयास असफल भएपछि गृहमन्त्री रवि लामिछानेको सहयोग माग्नु भएको हो । महानगरपालिकाले गृह मन्त्रालयलाई बुधबार पत्र लेख्दै महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र […]

महान्यायाधिवक्तामा दीनमणि पोखरेल नियुक्त

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता दीनमणि पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्ता नियुक्त गर्नु भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बुधबार प्रेस विज्ञप्ति जारी गरी सरकारको मुख्य कानुनी सल्लाहकार रहने महान्यायाधिवक्ता नियुक्त भएको जानकारी गराउनुभएको हो ।

शर्तसहित सरकारमा सहभागी हुने राप्रपाको निर्णय

काठमाडौँ:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्तत सरकारमा सहभागि हुने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो । राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्‍बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने, यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने […]

पुस २५ गतेका लागि संघीय संसद्‍‌को अधिवेशन आह्वान

काठमाडौँ:  राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गर्नु भएको छ । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍ भवनमा संघीय संसद्‍को अधिवेशन आह्वान गरिएको हो । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक […]

कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं: गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ। मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै सो निर्देशन दिनु भएको हो । उक्त कार्यविधिमा तोकिए अनुसारका बहालवाला तथा पूर्व कर्मचारी सुरक्षाकर्मीले निजी सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था छ। ‘उक्त कार्यविधिमा […]