मन्त्रिपरिषदको पहिलो बैठक: के-के भए निर्णय ?

काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले सार्वजनिक सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो र झन्झटमुक्त बनाउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूजीबजारमा […]

प्रधानमन्त्री दाहालले गरे पदभार ग्रहण

काठमाडौँ: नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नु भएको छ । सपथ ग्रहण लगत्तै साझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नु भएको हो । यसअघि दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको थियो । हाल पहिलो पटक २०६५, दोस्रो पटक २०७४ मा ९-९ महिना कार्यकाल प्रधानमन्त्री बन्नु […]

नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्धारा पदभार ग्रहण

काठमाडौं : नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गर्नु भएको छ । उहाँले शपथ ग्रहणलगत्तै सिंहदरवारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएको हो । सो क्रममा मन्त्री लामिछाने मन्त्रालय पुग्दा कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण कार्यक्रममा बोल्दै लामिछानेले आफू एजेन्डासहित सरकारमा आएको र ती एजेण्डाहरु केही दिनमा सार्वजनिक गर्ने बताउनुभयो […]

तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन, कसले पाए कुन मन्त्रालय ?

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको शपथ लिनु भएको छ । दाहालले आफूसँगै आठ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गर्नु भएको छ । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान […]

नारायणकाजीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

काठमाडौं: नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । यसअघि श्रेष्ठले परराष्ट्र मन्त्रालय पाउने चर्चा थियो । तर नेताहरूबीच सहमति खोज्ने क्रममा श्रेष्ठको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेको हो ।

रवी लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ । लामिछानेले दावी गरेअनुसारै मन्त्रालय दिन लागिएको जनाइएको छ । स्रोतका अनुसार तीन जना उपप्रधानमन्त्रीमध्ये एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधान र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसहित भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउन लाग्नु भएको हो […]

उपप्रधान र अर्थ मन्त्रालयसहित विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने

काठमाडौँ:  नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने निर्णय गरेको छ । पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिन लागिएको हो । पौडेल यसअघि पनि दुई पटक अर्थमन्त्री भइसक्नु भएको छ । योसहित छैटौं पटक मन्त्री बन्न लाग्नु भएको हो । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई पनि मन्त्री बनाउने टुगो लागेको छ […]