दक्षिण अमेरिकी देश पेरुमा ८.० रेक्टर स्केलको भूकम्प गएको छ । यो वर्ष पेरुमा आएका भूकम्पमध्ये यो सबैभन्दा ठूलो भूकम्प हो । रोयर्टसका अनुसार मोयोम्बा शहरभन्दा १६० किलोमिटर पूर्व केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी देश इक्वेडर, ब्राजिल र कोलम्बियामा समेत महसुस भएको बताइएको छ । अहिलेसम्म भूकम्पले के कति क्षति पुग्यो भन्ने केही जानकारी आएको […]
डोल्पा: डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो । शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्ञ टोली डोल्पा आइपुगेको छ । नेशनल हाइड्रोलोजिकल एण्ड मेट्रोलजिकल […]
काठमाण्डौ: पर्यटन विभागले सगरमाथामा आरोहण मार्गमा चाप भएको कारण आरोहीको ज्यान गएको भन्ने खबरको खण्डन गरेको छ । विभागका महानिर्देशक डुण्डुराज घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै मे २२ र २३ मा सगरमाथाको माथिल्लो मार्गमा आरोहीहरुको बाक्लो उपस्थिति रहेको भए पनि आरोहण मार्गमा भएको चापकै कारण ज्यान गएको भन्ने कुरा सत्य नभएको बताउनुभएको छ । कतिपय […]
काठमाण्डौ: उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गर्नु भएको छ । जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव […]
गोरखा: गोरखाको सिरानचोक गाउँपालिका –७ चिउरे भीरमा टिप्पर खोलामा खसेको छ । खोलामा टिप्पर खसेपछि दुर्घटनामा सिरानचोक गाउँपालिका –७ भालुस्वाँराका २० वर्षीय टिप्पर चालक सुमन खड्काको ज्यान गएको छ । प्रहरीका अनुसार शनिबार राति १० बजेतिर बा ५ ख १९८२ नम्बरको टिप्पर दरौँदी नदीमा खसेको हो । टिप्परका सहचालक बेपत्ता छन् । उनको पहिचान खुलेको […]
सिन्धुली: हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ । प्रधानाध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक पिरियड मात्रै पढाउने गरेका छन् । ‘एकजनाले पाँचवटा कक्षाकोठामा पढाउनुपर्ने अवस्था छ । दिनमा एक कक्षाकोठामा एक घन्टी मात्र जान भ्याइन्छ । अन्य समय विद्यार्थीलाई पढ्दै गर, फलानो पाठ पढ भन्नुको विकल्प […]
काठमाडौं: विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहिचान गरिएका नेपालका १५ सम्पदाको अवस्था अन्योलमा परेको छ । १० वर्ष अघि नेपालले १५ वटा सम्पदाको पहिचान गरी विश्व सम्पदा समितिलाई सूची पठाएको थियो । प्रत्येक वर्ष विश्वभरिबाट प्राप्त सम्भावना बोकेको सम्पदालाई अद्यावधिक गर्ने विश्व सम्पदा समितिको पूर्ण बैठक जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा बस्दै छ […]