सगरमाथाको उचाइ मापन गर्न गएको टोली फर्कियो

काठमाण्डौ : सगरमाथाको उचाइ मापन गर्न गएको सरकारी टोली काठमाडौं फर्किएको छ । टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर आज काठमाडौं फर्किएको हो । सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भब्य स्वागत गर्दै बधाई ज्ञापन गर्नुभएको छ । सगरमाथाको सफल आरोहणको उपलक्ष्यमा […]

कस्तो रह्यो सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको दुई वर्ष ? (हेर्नुहोस पूर्णविवरणसहित )

भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पद बहाली भएको दुई वर्ष पूरा भएको छ । आज एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिकाले दुई वर्ष पूरा भएको र तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा केक काटेर मनाएको छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा, उपमेयर जुना बस्नेत, […]

मकवानपुर जीप दुर्घटनामा एक जनाको ज्यान गयो

मकवानपुर: मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-३ ,सिस्नेरीमा सडक दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने अरु दुई जना घाइते भएका छन् । विरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बा २० च ४२७९ नम्बरको जीप सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुुनेमा भारतको मोतिहारी जिल्ला बस्ने ४५ वर्षीय कनैया साह रहेका […]

नापी कार्यालय साँखुमा एक लाख ५० हजार घुससहित २ जना समातिए

काठमाडौं: नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेको हो । बिहीबार उक्त घुस रकम सहित बिहीबार कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको […]

ट्रक र बस ठोक्किँदा दुईको जनाको मृत्यु

सिरहा: सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गएराति करीब १०ः२५ बजे बस र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । पूर्वबाट काठमाण्डौ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए । दुर्घटनामा बसमा रहेका सबै २५ यात्रु घाइते भएका […]

मध्य भेगमा आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाण्डौ: पश्चिमी वायुको प्रभावका कारण बिहान काठमाण्डौको आकाशमा बादल लागेको छ ।आज दिनभर काठमाण्डौलगायत मध्य भेगको मौसम बद्ली हुँदै खुल्नेछ भने बेलुका मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । यस्तै देशको पूर्वी भेगमा भने दिउँसो पनि पानी पर्ने सम्भावना छ । वायुमण्डलको तल्लो भेगबाट आएको जलवास्पयुक्त हावाका कारण पानी पर्ने […]

तातोपानी नाका आउँदो साता सञ्चालनमा आउदैँ

सिन्धुपाल्चोक: भूकम्पपछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आउँदो साताभित्रै पुनः सञ्चालनमा आउने भएको छ ।  नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिएकी हुन् ।  यो नाका अहिले कार्गो ओसारपसारका लागि मात्र खुला गरिने बताउँदै तत्कालका लागि यसबाट मानव अवतजावत खुला नगरिने स्पष्ट गर्नुभयो […]