तातोपानी नाका आउँदो साता सञ्चालनमा आउदैँ

सिन्धुपाल्चोक: भूकम्पपछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आउँदो साताभित्रै पुनः सञ्चालनमा आउने भएको छ ।  नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिएकी हुन् ।  यो नाका अहिले कार्गो ओसारपसारका लागि मात्र खुला गरिने बताउँदै तत्कालका लागि यसबाट मानव अवतजावत खुला नगरिने स्पष्ट गर्नुभयो […]

जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन हुनुपर्ने नेता रावलको माग

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन हुनुपर्ने माग गर्नुभएको छ । नेता रावलले नागरिकता विधेयकमा गैरकानुनी रुपमा नागरिकता वितरण गरिएको छ भने छानविन हुने ब्यवस्था उल्लेख हुुनुपर्नेमा जोड दिनुभएको हो । नागरिकता वितरण गरिने विषय नभएको भन्दै रावले वितरणको प्रणाली हटाउनुपर्ने भन्दै भन्नभयो, ‘संसारमा […]

कांग्रेस सभापति देउवा सिंगापुर प्रस्थान

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ । लामो समयदेखि पेटको समस्या भोग्दै आएका देउवा फलोअप उपचारका लागि पत्नी आरजु राणासँग सिंगापुर प्रस्थान गर्नुभएको हो । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, खाना अपच हुनेजस्ता समस्या दोहोरिएपछि चिकित्सकहरुको सल्लाहअनुसार नै देउवा सिंगापुर जानुभएको हो । देउवा जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको […]

दिल्लीमा मोदीको भव्य स्वागत : दुई लाख कार्यकर्तालाई निमन्त्रणा

एजेन्सी: भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भव्य स्वागत’का लागि २ लाख कार्यकर्तालाई दिल्लीमा निमन्त्रणा गरेको छ । लोक सभा निर्वाचन जित्नेमा आत्मविश्वासी देखिएको भाजपाले आज साँझ दिल्ली स्थित पार्टी मुख्यालयमा प्रधानमन्त्री मोदीको सरकारलाई ‘स्वागत’ गर्नको लागि यो भेला आयोजना गर्न लागेको हो । भाजपा नेताका अनुसार, भाजपाले उसका सम्पूर्ण विजयी सांसदलाई मे २५ भित्र दिल्ली आउन […]

झाँक्रीको हत्या प्रकरण : २६ जनालाई कैद फैसला, ४ जना महिलालाई सफाइ

धादिङ: गंगाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चारजना महिलालाई भने सफाइ दिइएको छ। ३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भीमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, […]

छोराले गरे बाबुको हत्या

रुकुम पूर्व: जिल्लाको भुमे गाउँपालिका ७ गुनामका २० वर्षीय बिरत बिकले ४१ वर्षीय रमन बिकको हत्या गरेका छन् । बिरतले खुकुरी प्रहार गरी आफ्नै बुवाको हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक बीरबहादुर सुनारका अनुसार बिहिबार बिहान ५ बजे रमनको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरिएको हो । हत्या आरोपमा बिरजलाई […]

पाँचथरमा चट्याङ लागेर ७५ वर्षीया वृद्धाको ज्यान गयो

पाँचथर : जिल्लाको हिलिहाङ गाउँपालिका–५ सुभाङमा चट्याङ लागेर एक जना वृद्धाको ज्यान गएको छ । बुधबार अपरान्ह पानीसँगै परेको चट्याङ लागेर स्थानीय ७५ वर्षीया सावित्रादेवी भण्डारीको ज्यान गएको हो । प्रहरीका अनुसार चट्याङ लागेर भण्डारीको घटना स्थलमै ज्यान गएको हो ।