बैतडीः बैतडीमा गए राती आगलागी हुँदा एकै परिवारका तीन जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका छन् । पुर्चौडी नगरपालिका–५ कुवाकोट स्थायी घर भई पुर्चौडी नगरपालिका –७ बसपार्कमा टहरा बनाएर बस्दै आएका लुहार परिवारको […]
काठमाडौं: पञ्चायत पालाका एक मन्त्रीले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गाको भोगधिकारीलाई ४७ वर्षअघि नै मुआब्जा दिएको खुलासा गरेका छन् । २०२६ चैत ३१ गते देखि २०२८ वैशाख १ बीचको अवधिमा ‘एक्टिङ प्राइममिनिस्टर’ (फस्ट मिनिस्टर) रहेका गेहेन्द्रबहादुर राजभण्डारी नेतृत्वको सरकारका मन्त्री नवराज सुवेदीले ललितानिवास र त्यसले चर्चेको जग्गा अधिग्रहण गर्दा भोगाधिकारीलाई चलनचल्तीभन्दा बढी नै मुआब्जा दिएको […]
काठमाडौँ : प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कांग्रेसले गठन गरेको छाया सरकारको कार्यकाल २० देखि ३० बनोस भन्दै शुभकामना दिनुभएको छ । प्रतिपक्षी विपक्षी दल नेपाली कांग्रेसले बनाएको छाँयाप्रति ब्यग्य गर्दै सांसद बस्नेतले छाया सरकार आयू ३० वष सम्म हुनुपर्ने बताउनुभयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सत्ता स्वादबाहिर बस्ने नसक्ने कांग्रेसले […]
काठमाडौं : प्रतिनिधिसभामा ‘राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ पेश भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बुधबार प्रतिनिधिसभाको बैठकमा सो विधेयक पेश गर्नुभएको हो । विधेयकमा राजस्व छली गर्ने भन्सार कार्यालयका कर्मचारीलाई ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी झुटा […]
सोलुखुम्बु : सोलुखुम्बु सदरमुकाम बाह्र दिनदेखि अन्धकार बनेको छ । सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेको हो । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन् । कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत गत वैशाख २९ गतेदेखि यही जेठ ५ […]
काठमाडौं : लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङको बेंसीसहर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको छ भने बुधबार बिहानीपख ३ बजेर २८ मिनेट जाँदा ३.९ म्याग्नेच्युडको भूकम्प गएको छ। दुइवटै भूकम्पको केन्द्रबिन्दु लमजुङको […]
काठमाडौं : सगरमाथाको उचाइ नाप्न खटिएको नापी विभागको टोलीले सगरमाथाको चुचुरोमा पुगी उचाइ नाप्ने यन्त्र राखेको छ । टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको हो । टोलीले सगरमाथाको शिखरमा यन्त्र जडान गरेर फर्किएको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सगरमाथाको उचाइ नाप्न खटिएको नापी विभागको टोलीले […]