काठमाडौं : आउटडोर एडभेन्चर सेन्टर नेपालको आयोजनामा आगामी जुन ३ अर्थात जेठ २० गते ‘ओएसी माउन्टेन फेस्टिभल’ को दोस्रो संस्करण कार्यक्रम हुने भएको छ । कार्यक्रम संयोजक सोनाम जाङ्बु शेर्पाका अनुसार बसन्त ऋतुमा लामो समय हिमाल र त्यस क्षेत्रमा खटी आरोहणलाई सफल पार्न भूमिका निर्वाह गर्ने शेर्पाहरु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आरोहीहरुलाई स्वागत गर्ने हेतुले […]
धनकुटा : धनकुटामा पौडी खेल्न गएका २ जना बालकलाई खोलाले बगाउदा मृत्यू भएको छ । महालक्ष्मी नगरपालिका २ का गौरब लुँगेली मगर र महालक्ष्मी ३ का अमिर मगरलाई लेगुवा खोलाले बगाउदा मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार खोलामा पौडी खेल्न गएका उनीहरुको शव मंगलबार बिहान दह भन्दा एक सय मिटर तल फेला पारिएको हो […]
हेटौडा : प्रदेश सरकारले प्रदेश भित्रका १३ जिल्लामा विभिन्न क्षेत्राका लागि १ सय १५ जना स्वयम् सेवक कर्मचारी परिचालन गरेको छ । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, मानव बेचविखन न्युनिकरण, कृषि, खेलकुद लगायत विभिन्न ११ क्षेत्रमा २ बर्षका लागि १ सय १५ जना स्वयम् सेवक कर्मचारी परिचालन गरेको हो । प्रदेश सरकारले स्वयम् सेवकहरुलाई खाने वस्ने […]
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको कुनै प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको चेतावनी दिनुभएको छ । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको […]
पाँचथर: जिल्लाको मिक्लाजुङ गाउँपालिका– ३ को आरुबोटेमा ९ जनाको विभत्स हत्या गरिएको घटनास्थल नजिकै एक जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । इलाका प्रहरी चौकी रविका प्रहरी निरीक्षक तेजनारायण यादवका अनुसार मिक्लाजुङ गाउँपालिका–८ का मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा फेला परेको हो । ९ जनाको विभत्स हत्या भएको घटना स्थलबाट झण्डै साढे एक घण्टाको दूरीमा […]
दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले सञ्चार माध्यममा मनपरी लेख्नेलाई नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ । नेता नेपालले भन्नुभयो, ‘मनपरी लेख्नेलाई नियन्त्रण गर्न जरुरी छ, तर सञ्चार क्षेत्रलाई नै असर पुग्ने गरी विधेयक आउदैन ।’ प्रेस सङ्गठन दाङको आयोजनामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले मिडियासम्बन्धी विधेयक पत्रकारको हित […]
काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएको घटनास्थलतर्फ प्रस्थान गरेको छ । घटनाको अनुसन्धानको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो । एसपी उमाप्रसादको टोली १२ बजे हेलिकप्टरमार्फत ताप्लेजुङ गएको हो ।