काकडभिट्टाबाट काठमाण्डौ आउँदै गरेको बस त्रिशूली नदीमा खस्यो

काठमाण्डौ : धादिङको आदामघाटबाट त्रिशूली नदीमा बस खसेको छ । आइतबार बिहान काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बस नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले उद्धारको काम भैरहेको छ । गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक ना ७ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीन जनाको मृत्यु […]

बजेटअघि नै मूल्यवृद्धि : गाेलभेडाकाे भाउ दाेब्बर

काठमाडाैं : यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै […]

समयमा काम नगर्ने दुई चिनियाँसहित आठ ठेकेदार कालोसूचीमा

काठमाडौं : सम्झौताबमोजिमको काम नगर्ने आठ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनीसमेत छन् । कार्यालयले ६ वटा निर्माण र दुईवटा आपूर्तिकर्ता कम्पनीलाई शुक्रबार कालोसूचीमा राखेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन् । कालोसूचीमा पर्नेमा पिआर निर्माण सेवा, सीता निर्माण सेवा, […]

जिपको ठक्करले बावुछोराको ज्यान गयो

सर्लाही : सर्लाहीमा जीपको ठक्करबाट बावुछोराको मृत्यु भएको छ । शनिबार नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा १९ त २५८८ नम्बरको जिपले सडक छेउमा भैंसी चराइरहेका स्थानीय ४० वर्षका जैयसी राय र उनका १० वर्षका छोरा लक्ष्मण रायलाई ठक्कर दिँदा ज्यान गएको हो । प्रहरीका अनुसार तीव्र गतिमा गुडिरहेको जिप अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा छोरा […]

बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र्‍याली: प्रधानमन्त्री ओली सहभागि

बुटबल: प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी हुनुभएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र्‍याली निकालिएको हो । शनिबार आयोजना गरिएको शान्ति र्‍यालीमा प्रधानमन्त्रीसहित देश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश सरकारका मन्त्रीहरुको सभागिता थियो । […]

किराँत समुदायले उभौली पर्व मनाउँदै

काठमाडौं : किराँत समुदायले आज उभौली पर्व मनाउँदैछन् । उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य पर्व मानीन्छ । वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, दाना राम्रो लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ । उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ । किराँत समुदायमा सबैलाई सुख शान्ति […]

दोलखाबाट नेकपाको पोलिटब्यूरोमा पशुपति चौलागाई मात्र

दोलखा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को पोलिटब्यूरो सदस्यमा दोलखाबाट पशुपति चौलागाई चयन हुनुभएको छ । जिल्लाबाट एक मात्र पोलिटब्यूरो सदस्यमा चौलागाईको नाम अनुमोदन भएको हो । हाल दोलखा क्षेत्र नं. २ प्रदेश सभा सदस्य रहनु भएको चौलागाई यसअघि पनि तत्कालीन एमालेको पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो ।