प्रदेश ५ को बजेट अधिवेशन सुरु

रुपन्देही : प्रदेश नं. ५ को बजेट अधिवेशन सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको ११ दिनपछि बजेट अधिवेशन शुरु भएको हो । आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।  प्रदेश पाँचको अर्को बैठक ९ गते बस्नेछ ।

नेपाल पत्रकार महासंघले भोलि संसद अगाडि प्रदर्शन गर्ने

काठमाडौं : मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलित नेपाल पत्रकार महासंघले भोलि संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ । महासंघले काठमाडौंमा संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो । आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघले बताएको […]

कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु

काठमाडौं : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । एक जना सम्पर्कविहीन भएका छन् । मृत्यु हुनेमा पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य छन् । उनीहरु दुवैको मृत्यु लेक लागेर तथा थकाइका कारण भएको जनाइएको छ । नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको […]

चट्याङ लागेर तीन जना घाइते

सिन्धुली: चट्याङ लागेर तीन जना घाइते भएका छन् । जिल्लाको तिनपाटन गाउपालिका–७ आरुबोटेका चट्याङ लागेर तीन जना घाइते भएका हुन भने पाँचवटा पशु चौपायको ज्यान गएको छ । तिनपाटन गाउपालिका–७ आरुबोटेका उखमाया लामिछाने, ज्ञानबहादुर मसराङ्गी मगर र सितामाया सार्की घाइते भएको प्रहरीले जनाएको छ ।

विश्व र्‍याफ्टिङको स्प्रिन्टमा नेपाल पाँचौं

काठमाडौं : विश्व र्‍याफ्टिङको स्प्रिन्टमा नेपालले अहिले सम्मकै उत्कृष्ट नतिजा हासिल गरेको छ । अष्ट्रेलियामा जारी १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट स्पर्धामा नेपालको पुरुष टिमले पाँचौ स्थान हासिल गरेसँगै अहिले सम्मकै उत्कृष्ट नतिजा हासिल गरेको हो । क्वीन्सल्यान्डस्थित टाली नदीमा बिहिबार निर्धारित दुरी २४७.७८ सेकेन्डमा पुरा गर्दै नेपालले पाँचौ स्थान हासिल गरे । नेपालले […]

तातोपानी नाका जोडने मितेरी पुल पुननिर्माण अन्तिम चरणमा: नाका १७ जेठदेखि खुल्दै

काठमाडौं: चीनसँगको सीमा जोड्ने लिपिङस्थित मितेरी पुल पुननिर्माण अन्तिम चरणमा पुगेको छ । अर्को साता पुल उद्घाटन गर्ने तयारी गरिएको छ ।  भूकम्प र भोटेकोसीमा आएको बाढीले मितेरी पुल भत्किएको थियो । चिनको तियानसुन रोड एन्ड ब्रिज कम्पनीले यसको पुननिर्माण गरिरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण थापाले लेखेका छन् । १० […]

उपत्यकामा जिउँदा पशुपंक्षी भित्र्याउन बन्द

काठमाडौंः सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपंक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो ।  जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौँमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौँ ।’ […]