दुई सय सरकारी वेबसाइट ह्याक

काठमाडौं : सरकारले डिजिटल नेपाल (स्मार्ट नेपाल) को अवधारणा अघि सारेको बेला सरकारी निकायका दुई सय वेबसाइट ह्याक (डिफेसेजं) भएको सूचना प्रविधिका विज्ञहरुले बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।  विज्ञका अनुसार डिजिटल नेपाल हुनका लागि पूर्वाधार तयार भइसकेको छैन । बुधबार ‘सुबिसु कन्क्लेभ २०१९’ मा विज्ञहरुले नेपाललाई थप स्मार्ट बनाउन अझै […]

ठूलो संख्यामा विज्ञापन गर्दै लोकसेवा आयोग

काठमाडौं : स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवाको सो प्रस्ताव बुधबार मन्त्रिपरिषद्मा पठाएको छ । […]

प्रदेश १ मा ९ सय दरबन्दी खाली

मोरङ : प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विद्येयक ल्याउने तयारी गरेको छ । प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोक सेवा आयोग, प्रदेश निजामती विद्येयक र क्षमता विकास प्रतिष्ठान विद्येयक ल्याउने तयारी गरिएको जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् । प्रदेश १ का प्रादेशिक कार्यालयमा २ हजार […]

अब चरिकोटबाटै काकडभिट्टासम्म बस सेवा

दोलखा: अब झापाको काकडभिट्टासम्म  दोलखा सदरमुकाम चरिकोटबाटै बस सेवा उपलब्ध हुने भएको छ । रोल्वालिङ यातायात सहकारी संस्था लि, अरनिको यातायात सेवा समिति, बिपी यातायात तथा पूर्वको मेची यातायातको संयुक्त पहलमा बुधवारबाट दोलखा–झापा बस सेवा  सञ्चालनमा आएको हो । रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले काकडभिट्टा जान लागेको रोल्वालिङ यातायात सहकारीमा आवद्ध बसका चालकलाई […]

फाइल तस्विर

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो भियतनाम र कम्बोडियाको भ्रमणमा सकाएर स्वदेश फीर्ता हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलसहित गत वैशाख २६ गते भियतनाम र कम्बोडिया प्रस्थान गर्नुभएको थियो ।  

अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँको धरौटी बुझाएर रिहा

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँको बैंक ग्यारेटीको धरौटी बुझाएर रिहा भएका छन्। पाठक नेपाल ब‌ंगलादेश बैंकमार्फत ७८ लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेर धरौटीमा छुटेका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकलाई बुधबार ७८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको […]

अब ‘प्लस–टु’ मा कानुन पढाइ

काठमाण्डौ: नेपाल विद्यापीठ कलेजमा दस जोड दुई (प्लस–टु) उत्तीर्ण गरेका विद्यार्थीले कानुन विषय पढ्न पाउने भएका छन् । २०५८ सालमा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि नेपालमा पहिलोपटक काठमाण्डौको बानेश्वरस्थित त्यस कलेजले ‘प्लस–टु’मै कानुन विषय पढाउन थालेको हो । कक्षा ११ र १२ मा ५०० पूर्णाङ्कको यो विषयको ‘प्लस–टु’ पास गरेका विद्यार्थीले सिधै स्नातकमा कानुन विषय पढ्न […]